logo
  • शनिबार, असोज १० २०८३

बडिगाड गाउपालिका स्तरीय महिला समन्वय समिति गठन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बागलुङ साउन २२ ।
बागलुङ जिल्लाकाे बडिगाड गाउपालिमा गाउपालिका स्तरिय महिला समन्वय समितिकाे अाज गठन गरिएकाे छ । कार्यक्रमा बडिगाड गाउपालिकाका कार्यकारी सदस्य हिमा रायमाझीकाे अध्यक्षतामा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिह पाईजाकाे प्रमुख अाथित्याता रहेकाे थियाे ।

कार्यक्रम बाेल्दै पाईजाले लक्षित बर्गलाई बिनियाेजित रकम सहि ठाउमा प्रयाेगगरि समाजमा बिकास भएकाे हेर्न चाहेकाे बताएका छन । कार्यक्रम बडिगाड गाउँपालिका कार्यकारी समितिकाे अायाेजनामा भएकाे थियाे साेहि अबसरमा बिना थापाकाे अध्यक्षतामा २१ जना सदस्य समितिकाे गठन गरिएकाे बताएको छ।

जस्मा उपाध्यक्ष अासा गुरुङ सचिव माया केसी काेषाध्क्षय दिलमाया थापा लगाएत अन्य सदस्यहरु रहनुभएकाे छ । नयाँ गठित समितिले गाउपालिकाका वडाहरुमा महिला सम्बन्धि सचेता कार्यक्रम तथा बिकट वडाहरु छनाेट गरि त्यहाका महिलाहरुलाई साेराेजगारमुखी कार्यक्रम ल्याउने अध्यक्ष थापाले बताउनुभयाे।

कार्यक्रममा बडिगाड गाउँपालिकाका सबै वडाबाट महिलाहरुकाे उपस्थिती रहेकाे बताएकाे छ । कार्यक्रम संचालन बडिगाड गाउँपालिका कार्यकारी समितिकी सदस्य मिना रायमाझीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend