logo
  • शनिबार, असोज १० २०८३

बडिगाड गाउँपालिकामा २ सय वढिले नागरिकता लिए


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ साउन २१ ।
दुई दिनको अवधिमा बडिगाड गाउँपालिकामा २ सय ३४ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको छ। एकिकृत सेवा केन्द्र बुर्तिवाङको सहयोग तथा बडिगाड गाउँपालिकाको समन्वयमा घुम्ति सिविरको आयोजना गरि सो नागरिकता वितरण गरिएको हो।

१६ वर्ष देखि ७५ वर्ष उमेर समुह नागरिकहरुलाई नागरिकता वितरण गरिएको एकिकृत सेवा केन्द्रका प्रमुख जनक थापाले जानकारी दिनुभएको छ। सो शिविरमा बृद्ध तथा अपांगता भएकाहरुलाई प्रहरीको सहयोगमा विशेष सुविधा सहित नागरिकता वितरण गरिएको थापाले जानकारी दिनुभएको छ।

शुक्रवार दिउसो देखि सुरु गरिएको नगरिकता वितरण कार्य शनिवार साँझ झण्डै ८ वजे सम्म चलेको गाउँपालिका प्रमुख मेयर सिंह पाइजाले जानकारी दिनुभएको छ। त्यस्तै १६ गते देखि सुरु भएको फोटो सहितको मतदाता नामावली संकलन कार्य जारी रहेको छ।

शनिवार मात्रै २ सय वढिको फोटो खिचिएको गाउँपालिका का कार्यकारी अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend