साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी साउन २१।
गुल्मीको रुरु गाउँपालिका १ मा रातामाटामा निसान गाडी र मोटर साइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन । जसमध्ये दुई जना गम्भिर छन । बुटवलबाट तम्घास आउँदै गरेको बा ३ ख ८५९० नम्बरको निसान र तम्घासबाट बुटवल जाँदै गरेको लु २४ प ५५५२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक सैनामैना ४ रुपन्देहिका सरोज बाँनिया र पछाडी सवार सोहि स्थानकै २५ बर्षिय मञ्जु सुनार गम्भिर घाइते भएको टा«फिक प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरिक्षक नारायण खनालले बताए ।
चालक बाँनियाको हात भाँचिनुको साथै शरिरका विभिन्न भागमा चोट लागेको छ । भने सुनार बेहोस भएकी छन् । गम्भिर घाइते दुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको खनालले बताए ।
त्यस्तै संगै ठक्कर खाने मोटरसाइकलको पछाडी आएको अर्को मोटरसाइकल पनि आत्तिएर दुर्घटनामा परेको छ । ना ३ प ३२७८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सैनामैना ४ रुपन्देहिका २७ बर्षिय बिनु खनाल र २५ बर्षिय मेनु चौधरी घाइते भएका छन् ।
उनीहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरी जनाएको छ । निसान चालक रुरु गाउँपालिका १ का बिक्रम अर्याल प्रहरी नियन्त्रणमा रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend