साझा नेटवर्क
कमल पौडेल, बाग्लुङ साउन २०।
जिल्ला समन्वय समिति बागलुङको आज भएको निर्वाचनवाट राष्ट्रिय जनमोर्चाका राजेन्द्र ढुंगाना संयोजकमा निर्वाचित हुनुभएको छ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टिको संयुक्त प्यानलको तर्फवाट ढुंगाना निर्वाचित हुनुभएको हो। त्यस्तै उपसंयोजकमा नेकपा एमालेका विष्णु भुसाल यस अघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो।
त्यस्तै समन्वय समितिको सदस्यहरुमा एमालेका राजु केसि, रुपा विक, राष्ट्रिय जनमोर्चाका तारा कुमारी पुन, नेकपा माओवादी केन्द्रका झंक वहादुर कामी, दल बहादुर थापा, फुलकुमारी पुन र राष्ट्रिय पजातन्त्र पार्टिका डिल्ली आचार्य निर्वाचित हुनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend