logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा ५० प्रतिशत उम्मेदवारले अझै खर्च बिवरण बुझाएनन्


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी साउन १८ ।
गत असार १४ गते दोस्रो चरणमा सम्पन्न स्थानिय तह निर्वाचनको क्रममा उम्मेदवारहरुले गरेको खर्च अजै बुझाएका छैनन् । निर्वाचनको क्रममा उम्मेदवारहरुले गरेको खर्च बिवरण निर्वाचित भएको मितिले ३० दिन भित्र बुझाउनु पर्ने निर्वाचन प्रावधान रहेको छ।

गुल्मीमा हाल सम्म ५० प्रतिशत उम्मेदवारहरु खर्च बिवरण बुझाएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए । गुल्मीमा रहेका २ नगर र १० गाउँपालिकाको लागी ४ सय ८९जना निर्वाचित जनप्रतिनिधीको लागी १ हजार ३ सय ८६ जना उम्मेदवार बनेका थिए । जिल्लामा रहेका उम्मेदवारहरुले खर्च बिवरण फारम लगेपनि अजै नबुझाएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

जिल्लामा असार २० गते सम्म अन्तिम मतपरिणमा आएको थियो । अन्तिम घोषणा मिति अनुसार अब झण्डै २ दिन मात्र बाँकी रहेको छ । जिल्लामा खर्च बिवरण उम्मेदवारहरुमा अधिकांश निर्वाचितले मात्र खर्च बिवरण बुझाएका छन् । खर्च बिवरण बुझाउनेरुमा निर्वाचित उम्मेदवारले निर्वाचन कार्यालयको परिधीमा रहि खर्च गरेको बिवरण बुझाएका छन् । हार्ने उम्मेदवारहरुले आयोगले तोकेको भन्दा अधिकतम कम खर्च गरेको बिवरण बुझाएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।

निर्वाचनको क्रममा नगरपालिका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, गाउँपालिका प्रमुख उपप्रमुखले ३ लाख ५० हजार, नगरपालिकामा रहेका वडा अध्यक्ष सदस्यहरुले २ लाख र गाउँपालिका भित्रका वडा अध्यक्ष सदस्यहरुले १ लाख ५० हजार खर्च गर्न पाउने कानुनी ब्यवस्था रहेको थियो । आयोगले तोकेको मितिमा उम्मेदवारहरुले खर्च बिवरण रकम नबुझाएका कारवाही हुने अधिकृत खत्रीले जानकारी दिए । उम्मेदवारहरुले निर्वाचनको क्रममा धेरै खर्च गरेपनि निर्वाचन आयोगले तोकेको खर्च भन्दा पनि कम रकम राखेर बुझाउने गर्दछन् ।

झण्डै ४ हजार मतदाता थपिए

गुल्मीमा पछील्लो चरणमा फोटो सहितको मतदाता नामावलीमा झण्डै ४ हजार मतदाताले नाम दर्ता गराएका छन् । जिल्लामा निर्वाचन कार्यालय र जिल्लाका १२ वटै स्थानिय तहमा संकलन भइरहेको पछील्लो १८ दिनमा ३ हजार ६ सय ७५ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

नाम दर्ता गराउनेहरुमा २ हजार ४२ पुरुष र १ हजार ६ सय ३३ु महिला रहेका छन् । जिल्लामा अन्य जिल्लाबाट १४ जना मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा जिल्ला निर्वाचन कार्यालय सहित १२ ठाउँबाट नाम दर्ता भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend