logo
  • शनिबार, असोज १० २०८३

इस्माकी एक युवती दुधे बालक छोडेर बेपत्ता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी साउन १७ ।
गुल्मीको इस्मा गाउँपालिका ३ सिम्पानीका ३७ बर्षिय बाबुराम थापा इण्डियाबाट घर फर्किएको पाँच दिन भयो । प्रदेश हिडेको २४ बर्ष भएपनि थापा प्रत्येक बर्ष एक पटक घर बिदामा आउँछन् ।

बिहे भएको १३ बर्ष पुग्यो । श्रीमति, एक छोरा र दुई छोरी सहितको उनको परिवार । निकै आनन्दका साथ बिदा सकेर थापा प्रदेश फर्कन्थे । तर उनको यो बिदा भने त्यस्तो रहेन् ।

नौ महिनाको दुधे बालक छोडेर श्रीमति भागेपछि उनको सपना र कल्पना अहिले खरानी बन्यो । चार लाख रुपैयाँ बैङ्कबाट निकालेर आउने बहानामा घरबाट सदरमुकाम तम्घास हिडेकी ३० बर्षिय श्रीमति बिनाको अहिले सम्म अत्तोपत्तो छैन् ।

जसका कारण थापा पीडा र पश्च्यातापले भावबिब्हल बनेका छन् । ‘भागेको तीन दिन भए, फर्किएकी छैन, उनले भने – मलाई त डुबे नै,नौ महिनाको दुधे बालकको समेत बिचल्ली प¥यो ।’

उनका अनुसार बैङ्कमा भएको १९ लाख रुपैयाँ पनि अहिले खातामा छैन् । भने घरमा बाँधिएको लैनो भैसी, दुई वटा बाख्रा र एउटा बोको समेत बेचिसकेको छ । उनले इण्डियाको साकेतमा गाडी चलाउँछन् ।

बर्षको चार लाख कमाउने गरेको उनले बताए । ‘साइन रेसुङ्कामा खाता खोलेकी छु भन्थि,’ उनले भने,‘सवै कमाई उसैलाई पठाउँथे, बैङ्कमा बुझियो १९ लाखमा एक रुपैयाँ छैन् ।’ गाउँमा आएर बुझदा पहिलेदेखि नै परपुरुषलाई घरमा राख्दै आएको पत्ता लागेको उनले बताए ।

‘तड्पाएर गई, बाबु नानीको मुख हेर्नु शिवाय अब म संग केहि रहेन,’थापाले भने,‘अर्कोतिर गाउँभरी उसैका हल्ला छन् ।’ सोमबार इस्मा प्रहरीचौकीमा उजुरी दिएपनि अहिले सम्म कुनै सुचना नआएको उनले बताए । सामाजिक संजालबाट पनि उनको प्रचार प्रसार र खोजी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend