साझा नेटवर्क
अनिल खत्री,गुल्मी साउन १७ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीले निर्वाचित जनप्रतिनिधीलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठान जिल्ला शाखा गुल्मीको मंगलवार जिल्ला सदरमुकाम तम्घासमा बसेको बैठकले साउन २८ गते साधारण सभाको अबसरमा जिल्लाका निर्वाचित जनप्रतिनिधी सम्मान सहित बिबिध कार्यक्रम सहित गर्ने निर्णय भएको प्रतिष्ठान गुल्मीले जनाएको छ ।
निर्वाचित जनप्रतिनिधी सम्मान कार्यक्रममा प्रतिष्ठान संग आबद्ध आजीवन सदस्यहरु तथा संस्थामा रहेर निर्वाचित भएकाहरुलाई मात्र सम्मान प्रतिष्ठान गुल्मीले जनाएको छ । प्रतिष्ठान गुल्मीले साधारण अबसर पारेर साँस्कृतिक कार्यक्रम सहि गत वर्षको भदौंमा आयोजित रक्तदान कार्यक्रमा सहभागीहरुलाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले जानकारी दिए ।
साधारण सभाको अबसरमा यहि साउन २१ गते सम्म आजिवन सदस्यता खुल्ला गर्ने निर्णय गरेको छ । साधारण सभाको राष्ट्रिय स्तरका कलाकारहरु सहित प्रदेस नम्बर पाँचका संयोजकले उदघाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पन्थले जानकारी दिए । प्रतिष्ठान गुल्मीले बिभिन्न साँस्कृतिक कार्यक्रमहरु बाहेक समाजमा जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend