साझा नेटवर्क
विमल खड्का, बागलुङ साउन १४ ।
बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ९ साविक दर्लिङ गाविस वडा नम्बर ४ छापदारीमा शुक्रबार बेलुकी ९ बजे अागलागी हुदा ५ घर जलेर पुर्ण नष्ट भएकाे छ । अागलागी हुदा घरमा रहेका अन्नपाल लत्ताकपडा तथा नगद ४ लाख नगद पैसा जलेर नष्ट भएको बताएको छ।
दर्लिङ वडा नम्बर ९ की केरमति छन्त्याल शसि छन्त्याल कमल छन्त्याल लिला छन्त्याल र शाेमी छन्त्यालकाे घरमा अचानक शुक्रबार राति ९ बजे अागाेलागी भएकाे स्थानीयले बताएका छन ।
रातिकाे समयमा अागलागी हुदा घरमा भएका अन्न पात लत्ताकपडा नगद पैसा र सुन जलेर नष्ट भएकाे पडित परिवारले बताएका छन । अागाे राती स्थानीयहरुकाे सत्रियतामा नियन्त्रणमा लिएकाे हाे ।
बर्खाकाे समयमा अागाेलागी हुदा पडित परिवार अर्काकाे घरमा अाश्रय लिएका छन । पीडितले क्षेती पुर्तिकाे माग सहित ईलाका प्रहरी कार्यालयमा निवेदन समेत गरेका छन । अाजै पडित ५ परिवारलाई जिल्ला रेडक्रसले बागलुङले त्रिपाल बितरण गरेकाे छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend