साझा नेटवर्क
विमल खड्का, बागलुङ साउन १४ ।
बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ७ गिठेचाैर देखि वडा नम्बर ६ ठुलाचाैर जाेड्ने अाकाशे पुलकाे अाज शर्वे गरिएकाे छ।
गिठेचाैर देखि ढुलाचाैर सम्मकाे अाकाशे पुलकाे लम्बाइ २२५ मिटर र उचाइ २१३ मिटरकाे अाकाशे पुलकाे अाज शर्बे गरिएकाे हाे । काठमाडौ ललितपुर टाेलिटारबाट अाकाशे पुल शर्वे गर्नेकाे लागी अाेभरसेस टाेली अाज अाएका थिए ।
एक डाडाबाट अार्काे डाडा सम्म पुल बन्ने अाशा पलाएपछि स्थानीयलाई अावतजावत गर्ने सजिलाे हुने विश्वास गरिएकाे छ । पुल निर्माण सम्पन्न भयाे भने बागलुङ जिल्लाकाे अार्काे लामाे पुल बन्ने भएकाे छ ।
बडिगाड गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङ तथा समाजसेवीकाे उपस्थितीमा अाज अाकाशे पुलकाे शर्वे गरिएकाे हाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend