logo
  • सोमबार, असोज १२ २०८३

त्रिशूलीमा ट्रकसहित चालक बेपत्ता


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,धादिङ साउन १२।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा २ को बिहानीपम्प नजिकैबाट बिहीबार बिहान एउटा ट्रिपर त्रिशूली नदीमा खसेको हो  ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । खोज्ने  क्रम जारि रहेको बताए ।

उनले  भने  उक्त  बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो । ट्रक चालक काले दमै रहेको र दुर्घटनास्थल नजिकै पसलमा खाजा खाएर गाडी चलाएको पाँच मिनेटमै गाडी त्रिशूलीमा खसेको स्थानीय पुरुषोत्तम रिमालले जानकारी दिनुभयो । ट्रकमा कति मानिस थिए भन्ने खुल्न सकेको छैन ।

वर्षाका कारण त्रिशूलीमा पानीको बहाव बढेकाले ट्रक र चालकको अवस्था अज्ञात रहेको छ । प्रहरी र स्थानीयले खोजी कार्य सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend