साझा नेटवर्क
कुमार “अविरल” पन्थी, गुल्मी साउन ११।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज आउन झण्डै १ महिना बाकी रहदा कलाकार तथा गितकारहरुलाई तिजको चटारोले भ्याई नभ्याई छ । कलाकारहरु गित रेकर्ड सगै म्युजिक भिडियो बनाउनमा व्यस्त देखिन्छन ।
यतिबेला कलाकारहरुले तिज पर्वलाई मध्यनजर गर्दै गित निकाल्ने गरेका छन् । तिज पर्वमा गाईने गितहरु सबै जसो कलाकारले मौलिकतालाई नछोई फरक फरक किसिमका गितहरु निकाल्ने गरेको पाईन्छ ।
यस्तै भिडमा तिज पर्वलाई मध्यनजर गर्दै गायिका निर्मला थापा र गायक सन्तु थापाले मौलिक भाकामा सजिएको तिजको कोशेली “पिया राजै” नामक तिजगित बजारमा लिएर आएका छन ।
गुल्मी रेसुङ्गा म्युजिक प्रालिको प्रस्तुतीमा गायीका निर्मला तथा गायक सन्तुको नयां तिज गित “पिया राजै” गायक सन्तु थापाकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गुल्मी जिल्लामा जन्मिएर राष्ट्रिय स्तरमै ख्याती कमाउन सफल गायक तथा गायिकाले विभिन्न विधाका गितहरु निकालेर लोक दोहोरीको क्षेत्रमा चर्चा बटुलेका छन ।
हालै बजारमा आएको तिज गित “पिया राजै”मा तिज पर्वमा गाइने वास्तविक भाकालाई समावेश गरिएको छ । नेपालको पश्चिम क्षेत्रमा प्रचलित नारीहरुले गाउने यथार्थ भाकालाई सोहि गितमा पाउन सकिन्छ ।
गीतमा गायक सन्तु र गायिका निर्मलाकाे स्वर रहेकाे छ । साथै गणेश अधिकारीको शब्द तथा गायक सन्तुले लय सङ्कलन गरेका छन् । चर्चित निर्देशक शंकर विसीको निर्देशन रहेको भिडियोमा शंकर विसी र रिना थापाले अभिनय गरेका छन् ।
राजेश घिमिरेको छायाँकन, नविन घर्तीमगरको सम्पादन रहेको भिडियोमा क्रीश गुल्मेली बाबुले परिकल्पना गरेका छन् । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल चोयगामा छायांकन गरिएको गितको भिडियोले चोयगाको प्रचार प्रसारमा समेत सहयोग पुराउने गायिका थापाले बताइन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend