logo
  • शुक्रबार, असोज ९ २०८३

कांग्रेसको रेसुङ्गा न.पा.मा समिक्षा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार,गुल्मी साउन११।
नेपाली कांग्रेस गुल्मीले रेसुङ्गा नगरपालिका भित्र हालै सम्पन्न स्थानिय तहको निर्वाचनवारे वडास्तर सम्म पुगे समिक्षा गर्दै आएको छ। यहि क्रममा आज उसले साविककाृ सिमिधचौर गाविसमा पर्ने वडा नम्वर १० र ११ मा वडा स्तरिय समसामयिक विषयमा छलफल तया चुनावी समिक्षा गरेको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको समिक्षामा अन्य सवै तहमा कांग्रेस रेसुङ्गा नगरपालिकामा वहुमत ल्याउन सफल वहु पनि मेयर र उपमेयर पदमा पराजय भोग्नुका पछाडी विपक्षीहरुको भ्रम र प्राविधिक त्रुटी समेत हुन भएको निष्कर्श निकालेको सो पार्टीका नगर सभापति छवि पाण्डेले बताए ।

कार्यक्रममा महधिवेशन प्रतिनिधी तथा नवनिर्वाचित जनप्रतिनिधी शालिक पन्थी ,नगरसभापति छवि पाण्डे , नगर महिला संघ समापति गंगादेखि पाण्डे र तरुणदलका नगर सभापति कृष्ण पाण्डे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम वडा नम्वर १० का सभापति विरबहादुर थापा र वडा नम्वर ११ का सभापति प्रेम रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend