साझा नेटवर्क
सुवास वि.सी,पाल्पा साउन ११ ।
रैनादेवि छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले एक वर्ष भित्रमा तिन वटा विकासका काम सम्पन्न गर्ने बताउनु भएको छ । रैनादेवि छहरा गाउँपालिका वडा नम्बर २ सोमादि भएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रत्यक वडामा मोटरबाटो,विद्युत र स्वच्छ खानेपानीको पुराउने बताउनु भएको हो ।
विकासको मेरुदण्डा भनेको मोटरबाटो हो जहाँ मोटरबाटो हुन्छ त्यहाँ विकास सम्भव हुने कार्कीले बताउनु भयो । अझै पनि यस गाउँपालिकाका वासिन्दाहरु वडा तथा गाउँपालिकामा आउन कठिन छ, वडाका वस्ती वस्तीमा मोटरबाटो पुगेको छैन,जसरी मलाई विजय बनाउनु भयो म विजय भएको एक वर्षभित्रमा प्रत्यक टोलटोलमा मोटरबाटो पु¥याउछु कार्यक्रममा बोल्दै कार्कीले भन्नुभयो ।
एकासौँ शताब्दीमा पनि यो गाउँपालिकाका बासिन्दा अन्धकारमा वस्न परेको छ । सत्यवति,जुठापौवाका बालवालिकाहरु अझै टुकि बालेर लेख पढ गर्न बाध्य भएका छन् । यो समयमा पनि आफ्नो गाउँपालिका बासिन्दा अन्धकार भएकोमा आफु दुखित भएका कार्कीले बताउनु भयो । एकासौँ शताब्दीमा अन्धकार बस्ने बाध्यतालाई चिरदै एक वर्षा भित्रमा प्रत्यक घरघरमा विजुली वत्ती वाल्ने प्रतिवद्धता गर्नुभएको छ ।
प्र्राकृतिक रुपमा सम्पन्न भए पनि रैनादेवि छहरा गाउँपालिकामा स्वच्छ खानेपानी बाट यहाँका वासिन्दाहरु बन्चित भएका छ । स्वच्छ खानेपानी ल्याउन घण्टै हिड्नु पर्ने बाध्यतामा यहाँका वासिन्दा छन् । एक घर एक धारा पार्टीको घोषण पत्र भएकाले त्यसैमा टेकेर एक वर्षमा प्रत्यक घरघरमा स्वच्छ खानेपानी वितरणमा गर्ने कार्कीले बताउनु भएको छ ।
कार्यक्रममा गाउँपालिका उप प्रमुख चेतना थापा, क्षेत्रिय सदस्य शंकर रायमाझि, ,सोमादी वडा अध्यक्ष जीवनाथ पोखरेल, गाउँपालिका मनोनित सदस्य लक्षमण घिताङ्ग दलित महिला सदस्य मुना दर्जिले शुभकामना दिनु भएको थियो । नेपाली काङग्रेसका वडा अध्यक्ष दान बहादुर पौडेलका अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचिव जीवलाल भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend