साझा नेटवर्क
प्रेम सुनार,गुल्मी साउन ११ ।
हेलो सर,त्यस विद्यालयमा त एक जना पनि विद्यार्थी छैनन रे’नि रु उताबाट जवाफ आउँछ – एकदम हो सर, विद्यार्थी त जिरो नै छन् । शिक्षक चाँही कति हुनुहुन्छ नि रु उनको जबाफ आउँछ तिन जना अस्थाई र एक जना निजी श्रोत सहित चार जना छौं ।
त्यो सो भए त काम केहि छैन हैं रु भन्ने तेश्रो प्रश्नमा उनले भने–‘सधै दश वजे विद्यालय पुगेर आ–आफ्नो हाँजिर गरेकै हुन्छौं क्यारे, विद्यार्थी एक जना पनि नभए पछि बस्ने कुरै भएन ,हाँजिर गरे पछि घर फर्किन्छौं । यस्तो जे छ त्यही जवाफ दिने व्यक्ति हुन् वाग्लुङ्गको गल्कोट नगरपालिका वडा नम्वर ५ हरिचौर स्थित शिद्ध प्राविका प्रधानध्यापक हिमबहादुर खत्री ।
यस वर्षको पहिलो शैक्षिक सत्रमा ११ जना विद्यार्थी भर्ना भए पनि उनिहरु मध्ये एक जना पनि विद्यालय आउन नसके पछि त्यहाँका चार जना शिक्षकहरुलाई हाँजिर गर्न आउनु र जानुको शासना मात्रै भएको प्रधानध्यापक खत्रीले बताए । प्रति शिक्षक मासिक कति सम्म तलव आउँछ सर रु भन्ने चौथो प्रश्नमा उनले भने–‘ महिनाको २७ देखि २८ हजार सम्म हामी स्थाईले तलव खान्छौं भने निजी श्रोतकी शिक्षिकाले मासिक ५ हजार खानु हुन्छ । यस हिसालले विना काम तिन शिक्षकले कम्तीमा पनि मासिक ८० हजार तलव घरै बसेर खाएका छन् ।
अघिल्लो वर्षमा नै जम्मा २२ जना विद्यर्थी भर्ना हुँदा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति र विद्यालय निरीक्षकहरुले कस्तो निरक्षण गरेर जिल्ला शिक्षा कार्यालयमा प्रतिवेन गरे रु प्रश्न यस्तो उव्जीएको छ। यसै वर्ष झन जम्मा ११ जना मात्रै विद्यार्थी भर्ना भए । अहिले झन के हेरियो रु २०४१ सालमा स्थापना भए देखि त्यस विद्यालयमा प्रावि तहमा हुनु पर्ने न्युनतम विद्यार्थीको संख्या हरेक वर्ष पुगेको छैन् ।
२०५९ सालमा भने त्यस विद्यालयकै ईतिहाँसमा सवै भन्दा बढि ३५ जना विद्यार्थीहरुको संख्या पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर थापाले बताए । त्यसो त अध्यक्ष थापाले नै आफ्नी छा्ेरीलाई त्यस विद्यालयको साटो अर्कै विद्यालयमा पढाएका छन्। विद्यालय भेलामा शिक्षकहरूले घरदैलो अभियान गर्ने र विद्यार्थी संख्या बढाउने विषयमा छलफल भएको तर, घरदैलो गर्न शि%A
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend