साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन १०।
दोस्रो चरणमा सम्पन्न स्थानिय तह निर्वाचनमा गुल्मीमा २ सय ८८ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल खसेको मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारहरुको जमानत जफत हुने गर्दछ ।
गुल्मीमा रहेका २ नगर र १० गाउँपालिकाको लागी ४ सय ८९जना निर्वाचित जनप्रतिनिधीको लागी १ हजार ३ सय ८६ जना उम्मेदवार बनेका थिए । उम्मेदवार बनेका मध्ये ६ सय ९ जना उम्मेदवारले जमानत जोगाएका छन् ।
जिल्लाका २ नगर मध्ये रेसुङ्गा नगरपालिकामा ४८ जना र मुसिकोट नगरपालिकामा ३६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए ।
गाउँपालिका तर्फ इस्मा गाउँपालिकामा ३३ जना, कालिगण्डकी गाउँपालिकामा ९ जना, गुल्मी दरवार गाउँपालिकामा ३४ जना चन्द्रकोट गाउँपालिकामा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । त्यस्तै छत्रकोट गाउँपालिकामा १० जना,धुकोट गाउँपालिकामा २८ जना, मदाने गाउँपालिकामा ४० जना उम्मेदवारको जमानत जफत भएको छ ।
मालिका गाउँपालिकामा १४ जना, रुरु गाउँपालिकामा ६ जना र सत्यवती गाउँपालिकामा १४ जना उम्मेदवारको जमानत जपफत भएको जिल्ला निर्वाचन अधिकृत खत्रीले जानकारी दिए । जमानत जफत हुनेहरुमा गाउँपालिका प्रमुख देखि वडा अध्यक्ष, सदस्यहरु रहेका छन् ।
निर्वाचनको क्रममा उम्मेदवारहरुले गरेको खर्च अजै बुझाएका छैनन् । निर्वाचनको क्रममा उम्मेदवारहरुलृे गरेको खर्च बिवरण निर्वाचित भएको ३० दिन भित्र बुझाउनु पर्ने प्रचलन रहेको छ ।
गुल्मीमा हाल सम्म ४० जना उम्मेदवारहरु खर्च बिवरण बुझाएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए । जिल्लामा रहेका सबै दलहरुले खर्च बिवरण फारम लगेपनि अजै नबुझाएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
खर्च बिवरण बुझाउने उम्मेदवारहरुले निर्वाचन आयोगले तोके भन्दा पनि कम रकम राखेर बुझाउने गरेका छन् । निर्वाचनको क्रममा धेरै खर्च गरेपनि निर्वाचन आयोगले तोकेको खर्च भन्दा पनि कम रकम राखेर बुझाउने गर्दछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend