logo
  • शनिबार, असोज १० २०८३

सन्तानको वावु बन्ने धोको अधुरै पारी दियो दुर्घटनाले


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी साउन ९ ।
सोमबार विहान करिव साढे ९ वजे तिर बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना मध्ये एक जना ३७ वर्षीय हुमेन काउछाको सन्तानको वावु बन्ने धोको दुर्घटनाले अधुरै पारी दिएको छ ।
करिव ८ वर्ष अघि मिना काउछा संग विवाह बन्धनमा बाँधिएका काउछाको हाल सम्म सन्तान नभए पछि श्रीमति र आफ्नो प्रजनन्न स्वाथ्यबारे डाक्टर देखि धामी झाक्री सम्म धाउँदै आएका थिए ।
गतवर्ष मात्रै जिल्ला विकास समिति वाग्लुङ्गबाट करारमा शव ईन्जिनियर नियुक्ती पाई बढिघाट गाउँपालिकाका साविकका गाविसमा सर्वे डिजाईनिङ्ग गर्दै आएको काउछा त्यस भेगका प्रिय व्यक्ति थिए ।

जलजलाको झुलेडाँडामा रेमिटेन्स व्यवसाय समेत सञ्चालन गर्दै आएका काउछा आज रेमिटेन्सकै कारोवारको शिलशिलामा वामीटकसारको शाईन रेसुङ्गा र ग्लोवल आईएमई बैंकमा जाँदै थिए । अत्यन्तै मिलनसार स्वभावका काउछाको निधनले आफुहरु बोल्न सक्ने अवस्थामा नरहेको स्थानियले बताए ।

३२ वर्षिय उनकी श्रमति मिना सहित घर र छिमेकमा सन्नाटा छाएको र अन्य मृतकका परिवार हुँदै बढिघाट गाउँपालिका प्रमुख मेयरसिंह पाईजा पनि त्यस घरमा पुगेर सहानुभुति प्रकट गरी रहेका छन् ।

बढिघाट गाउँपालिका वडा नम्वर ४ साविकको जलजला गाविसका काउछा सहित दुर्घटनामा वडा नं. ८ सिमाकका अन्दाजी ६० वर्षका मुक्त पाइजा, वडा नं. ८ रणसिंहका अन्दाजी ३६ वर्षका नर वहादुर शेर्वुजा, र जीप चालक बडीगाड ४ जलजलाका अन्दाजी ३५ वर्षका तुल वहादुर पुनको घटना स्थल मृत्यु भएको थियो ।

रणसिंहको घोरघोरे हुँदै जलजलाको वाटो खर्वाङ आउँदै गरेको सो पिकअप बादिपमा दुर्घटना भएको थियो।

एकै परिवारका तिन जना घम्भीर घाईते

यसै विच सोही दुर्घटनामा एकै परिावारका तिन आमा र छोरी परेर गम्भीर घाईते भई काठमाण्डौंको अस्पतालमा भर्ना भएका छन् । २६ वर्षिया वालमति पाईजा , १० वर्षिय उनका छोरा दिनेश र ६ वर्षिया छोरी दिपशिखा गम्भीर घाईते भएकी हुन् ।

आज विहान करिव साढे छ वजे रनसिङ्गे घरबाट छोरालाई ग्वालीचौर स्कुलमा ल्याए हिडेकी श्रीमतिको दुर्घटनामा परेको खवर आफुले विहान साढे ९ वजेतिर पाएको उनका श्रीमान गोविन्द पाईजाले बताए ।

अहिले काठमाण्डौंको विर अस्पतालमा उपचार गराई रहेका उनिहरु मध्ये छोरीको अवस्था अलि गम्भीर रहेको श्रीमान काउछाले बताए । ६ जना घाईते मध्ये टेकबहादुर पाईजा र भिमबहादुर सेर्वुजाको अवस्था घम्भीर रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend