साझा नेटवर्क
कमल पौडेल,खर्वाङ साउन ९।
बागलुङको बडिगाड गाउँपालिका वडा नं.५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको छ भने ६ जना घाइते भएका छन्।
घाइतेहरुको अवस्था गम्भिर रहेको र उद्धारका लागि काठमाडौं वाट हेलिकप्टर आउँदै गरेको बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिनुभएको छ। मृत्यूहुने हरुमा वडिगाड गाउँपालिका वडा नं.४ जलजलाका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं. ८ सिमाकका मुक्त पाइजा, वडा नं.८ रणसिंह का नर वहादुर शेर्वुजा, र गाडिचालक वडिगाड ४ जलजलाका तुल वहादुर पुन रहनुभएको छ।
त्यस्तै वडिगाड वडा नंं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानका दिपशिखा पाइजाको अवस्था गम्भिर रहेको छ भने वडा नं. ८ कै बालमति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आउनुभएका भिम वहादुर श्रीस घाइते हुनुभएको छ। घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ग्वालीचौरमा उपचार भैरहेको छ। घाइतेको कसैको टाउको फुटेको, कसैको मेरुदण्ड भाँचिएको तथा केहिको हात खुट्टा भाँचिएको छ।
जलजलावाट खर्वाङ तर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई सडकवाट झण्डै ७ सय मिटर तल खसेको छ। गाडिका मालिक मन वहादुर पुनले ढुँगा ओट राखि रोक्न खोज्दै गर्दा ओट नाघेर खसेको प्रत्यक्षदर्शिले वताएका छन्।
फोटोः एटेज गरिएको छ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend