logo
  • शनिबार, असोज १० २०८३

स्वर्गीय अर्यालको श्रद्धान्जली सभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल खड्का, बागलुङ साउन ८ ।
नेकपा माओवादी केन्द्र जिल्ला सम्मेलन आयोजक समिति बाग्लुङ र प्रेस सेन्टर नेपाल बाग्लुङ शाखाको संयुक्त आयोजनामा आज ढोरपाटन नगरपालिकाको वडा नम्बर १ बुर्तिबाङमा श्रदान्जली सभा भएको छ ।

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम अर्याल केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा ढोरपाटन नगर कमिटि पाटीअध्यक्ष चन्द्रलाल अर्यालकी ममतामयी माता स्वर्गिय अमृता अर्यालको निधन भएको आज नवौ दिन श्रदान्जली सभा गरिएको हो ।

स्वर्गीय अर्यालको यही असार ३१ गतेका दिन निधन भएको थियो । सो अवसरमा उपस्थितहरुले दिवांगत आत्माको चिरशान्तीको कामना व्यक्त गदै शोकाकुल परीवारजनप्रती समवेदना प्रकट गरेका थिए ।

नेकपा माओवादी केन्द्र बाग्लुङ जिल्ला संयोजक चन्द्र बहादुर बुढा सागर केन्द्रिय माधिवेशन आयोजक समिति सदस्य राजिव घिमिरे चन्द्र वहादुर थापा शिखर राज थापा जिल्ला सचिवालय सदस्य जित वहादुर थापा प्रेस सेन्टर गल्कोट साखा अध्यक्ष थम्मन थापा प्रेस सेन्टर बुर्तिबाङ साखाका सचिव विमल खड्का ने.रा.उ.व्या. बावु डियर हमाल लगाएतले अर्यालको निधन प्रति दुख व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend