logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको धार्मिक तथा पर्यटकिय स्थल अर्जुन डाँडामा बृक्षारोपण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल,गुल्मी साउन ८।
गुल्मीको धार्मिक तथा पर्यटकिय अर्जुन भगवति मन्दिर र रेसुङ्गा नगरपालिका ७ को समन्वयमा बृक्षारोपण गरिएको छ । शनिबार जिल्लाको पर्यटकिय स्थल अर्जुन डाँडामा विभिन्न प्रकारका ३ सय ५० फुल तथा अन्य रुखका बिरुवा रोपिएको हो । जिल्ला वन कार्यालय र इलाका वन कार्यालयको सहयोगमा धुपी, गुलाव, पारिजात र रोजबेरी लगायतका फुल र तेजपात, कपुर, लप्सी, श्रीखण्ड लगायतका रुखका बिरुवाहरु रोपिएको वडा नं ७ का वडाध्यक्ष मोहन पाण्डेयले बताए ।बृक्षारोपण कार्यक्रममा रेसुङ्गा नगरपालिका १ का वडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, वडा नं ७ का वडाध्यक्ष मोहन प्रसाद पाण्डेय, पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल तथा अन्य समुह संगठनका पदाधिकारी एवं उपभोक्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई संबोधन गर्दै दुई वडाध्यक्षहरुले अर्जुनलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आफुहरुले कुनै विकल्प बाँकी नराख्ने बताए ।तस्बिरमा  हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend