logo
  • शुक्रबार, असोज ९ २०८३

यीनै गीत हुन, जसले तीजमा पुराना भाकाको लहर चलाए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल साउन ७ ।
यो बर्षको तीजमा गायक गायीका सर्जकहरुले पुरानो भाकालाई अग्र स्थानमा राखेर आफ्ना मौलिक तीज गीत भन्दै बजारमा सार्वजनिक गरेका छन् ।
त्यसो त यो साल पुराना भाका बजारमा आउनुको मुख्य पाटो गत वर्ष चर्चामा आएको पुरानो भाका ” भागेरी चरी ” थियो । जसले नेपाली सांगीतिक बजार राम्रै संग पिटेको थियो ।

गत साल २ ओटा भागेरी चरी आपसमा जुधेका थिए ओम ज्ञवालीको भागेरी चरी र शिलु भट्टराई र कृष्ण बाबुको भागेरी चरीले बजारमा तहल्का पिटेका थिए ।

युटुबमा करिब १३ लाखले हेरिसकेको सिलु भट्टराई र कृष्ण बाबुको भगेरी चरी प्राबिधिक कारणले अहिले युटुबबाट हटेको छ । भने ओम ज्ञवालीको भगेरी चरी युटुबमा देख्न र हेर्न सकिन्छ ।

गतबर्ष चर्चामा आउनाले पनि पुरानो भाका दर्शकको रोजाई ठानी यो वर्ष धेरै भन्दा धेरै गायक गायीकाहरुलाई पुरानो भाका ल्याउन भ्याई नभ्याई भयो।

नेपालमा रहेका नामी कलाकारले पनि आफ्नो सिर्जना बिर्सिएर पुरानो भाका बजारमा ल्याउन तम्सिए तर यो वर्ष धेरैको भाका जुध्न गएको कारणले पनि अर्को समस्या सिर्जना भएको सर्जक बताउछन ।


हेरौ गतवर्षको भगेरी चरी ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend