logo
  • शनिबार, असोज १० २०८३

गाउँपालिका कार्यालयको लागि जग्गा दिनेको होड


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल,बागलुङ साउन ७ ।
बागलुङको बडिगाड गाउँकार्यपालिकाको नियमित वैठक आज सम्पन्न भएको छ। वैठकले वडिगाड गाउँपालिकाको लागी ग्वालीचौरको न्वार, खौलार, खार, रिखेटारी, जोगिवगरमा स्थानियले उपलब्ध गराउने भनेको जग्गा स्वीकार गर्ने निर्णय गरेको छ।
जस अनुसार खार वजारमा गाउापालिकाको कार्यालय, न्वारमा क्याम्पस र खौलारमा अस्पताल स्थापना गर्ने तथा रिखेटारी र जोगिवगरमा पछि आवश्यक पर्ने कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । प्रत्येक स्थानवाट झण्डै १० रोपनीको दरले जग्गा प्राप्त भएको हो।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद भुसालका अनुसार गाउँपालिकालाई स्थानिय जग्गा धनिहरुको निर्णय सहित वुझाईएका फाइल अनुसार यहि श्रावण १० गते भित्र सम्वन्धित जग्गा धनिले गाउँपालिकाको कार्यालयमै पुगी सम्झौता गर्नुपर्ने, र १३ गते सम्म गाउँपालिकाको नाममा रजिष्ट्रेशन पास गरिसक्नुपर्ने निर्णय गरिएको छ।

यदि समयमै गाउँपालिकाको नाममा रजिष्ट्रेशन नभएमा कार्यालयको स्थान परिवर्तन गरिने समेत गाउँकार्यपालिकाले निर्णय गरेको छ । त्यस्तै गाउँपालिकाको वजेट वाट सम्वोधन गर्न नसकिएका तथा ठूला आयोजनाहरु निर्माण गर्नको लागी गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाको संयोजकत्वमा ७ सदस्यिय टोली काठमाडौंमा डेलिकेशन जाने निर्णय गरेको छ।

डेलिकेशन टोलीमा विष्णु भुसाल, अर्जुन खरेल, विरेन्द्र वुढा, वम वहादुर थापा, खड्क पुन, र कर्मचारीको तर्फवाट नासु थम्मन वहादुर रेश्मी रहनु भएको छ ।

त्यस्तै आजैको वैठकले गाउँपालिका भित्रका नागरिकहरु जटिल रोगहरु (क्यान्सर, मुटु, अल्जाइमर, मृगौला) वाट ग्रसित हुन पुगे अस्पतालको सिफारिसमा २० हजार देखि ३० हजार सम्म सहयोग गर्ने र सो अधिकार अध्यक्षलाई दिने निर्णय गरेको छ।

बैठकमा पहिलो गाउँ सभाको समिक्षा समेत गरिएको थियो। समिक्षामा सवै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वैठकले गाउँ सभा सफल रहेको निष्कर्ष निकालेको थियो । त्यस्तै वैठकले संवैधानिक व्यावस्था अनुसार न्यायीक समितिलाई पूर्णता दिएको छ।

जस अनुसार गाउँपालिका उपाध्यक्ष अम्मर वहादुर श्रीस संयोजक, अर्जुन प्रसाद खरेल सदस्य तथा हिमा कुमारी खरेल सदस्य रहनुभएको छ। बैठक गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता, तथा ना.सु थम्मन वहादुर रेश्मीको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend