logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा उत्साहपुर्ण रुपमा मतदाता नामावली संकलन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल,  गुल्मी साउन ६ ।
निर्वाचन आयोगको छुटेका मतदाताहरुको नामवली संकलन कार्य पुन शुरु गरेको छ । अहिले जिल्ला निर्वाचन कार्यालयमा नामवली दर्ता गराउनेहरुको उत्साहपुर्ण सहभागीता रहेको छ ।

आयोगले १ साउनदेखि १५ गते सम्म निर्वाचन कार्यालयमा र १६ गते देखि स्थानिय तहमै नाम दर्ता गर्ने ब्यवस्था शुरु गरेको छ । अहिले जिल्ला निर्वाचन कार्यालमै आएर नाम दर्ता गर्ने हरुको भिड लाग्ने गरेको छ । आज सम्म आठ सय ५० जनाले नाम दर्ता गराएको निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले बताए ।

अहिलेसम्म नाम दर्ता गराउनेहरु पुरुष वढी रहेको उनले बताए । स्वदेशमै रहेर पनि विभिन्न कारणले छुटेका र प्रवासबाट बिदामा घर आएकाहरुले बढि संख्यामा नाम दर्ता गराएको खत्रीले जानकारी दिए ।
अहिले सम्म पाँच सय १० जना पुरुष र तीन सय ४० जना महिलाले नामवलीमा नाम दर्ता गराएका छन् ।

बर्षादको समय भएकाले पनि सोचे अनुसार मानिसहरु गाउँगाउँबाट आउन नसकेको खत्रीले बताए । त्यहि समस्यालाई मध्ये नजर गर्दै १५ साउनबाट स्थानीय निकायबाटै नामबली दर्ता गरिने कार्यालयले जनाएको छ ।

धेरै जसो नाम दर्ता गराउने र केहि व्यक्ति मतदाता नामावली सार्ने प्रयोजनका लागि आउने गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा गत असार १४ गते सम्पन्न निर्वाचनमा सम्म एक लाख ८० हजार सात सय ७५ कुल मतदाता संख्या रहेका थिए । जिल्लामा दुई नगरपालिका र १० गाउँपालिकामा छन् ।

कुल मतदाता मध्ये ९४ हजार सात सय ५९ महिला र ८६ हजार १५ जना पुरुष मतदाता रहेका छन् । जम्मा मतदाता मध्ये गुल्मीमा एक जना तेस्रो लिङ्ग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend