logo
  • शनिबार, साउन ९ २०८३

१ महिनाकाे अवधिमा बागलुङका २ युवाले परदेशमा ज्यान गुमाए


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

विमल खड्का, बागलुङ साउन ६ ।
बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ७ साविक भिङगिठे गाबिस -६ असारेका २५ बर्षीय लछुमन घर्तिकाे हिजाे नुहाउने क्रममा कुवतेमा समुन्द्रमा डुवी मृत्यु भएकाे छ ।

दिउसाे डिउटी सकेर साथीहरु सगँ नुहाउन गएका घर्तिकाे अचानक समुन्द्रमा डुबी मृत्यु भएकाे बताएकाे छ । घर्ति बिगत ४ बर्ष यता एमईसिसि कम्पनीमा काम गर्दै अाएका थिए ।

दिउसाे डिउटी सकेर नुहाउन जादा अचानक उनकाे मृत्यु भएकाे अाफ्नत सुर्या थापाले बताउनु भयो । उनलाई गाउमा कपिल नामले बाेलाउने गर्देथे घरमा एक छाेरी र श्रीमती पनि रहेकाे बताईएकाे छ ।

एउटै वडामा एक महिनाकाे अन्तरालमा २ युवककाे मृत्यु हुदा गाउनै साेकमय भएकाे छ । गत जेष्ठ २८ गते साेहि वडाका २५ बर्षका भिम बहादुर केसीकाे गाडी ठक्करबाट साउदीमा मृत्यु भएको थियो । उनकाे शब अझै नेपाल नअाएकाे अाफ्नतले गुनासाे गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend