साझा नेटवर्क
सरगम तिलक मगर, गुल्मी साउन ४ ।
सानै उमेरमा गित सँगितमा लागेर सबैको मन जितेका प्रिय गायक मनोज शर्माको भर्खर मात्र तिज गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
महिलाहरुको महान पर्व तिजको पावन अवरमा जनता डिजिटल म्युजिक प्रालि मार्फत बजारमा उपलब्ध भएको गित कोशेली “अच्ममै जानेको हो रैछ माया ले” जुन गितमा मनोज शर्मा र सम्झना बिसीको स्वर रहेको छ ।
होमनाथ चापागाईको मौलिक शब्द सिर्जना रहेको गितमा मनोज शर्माको लय सिर्जना रहेको छ । कमल सौरागले गितको एरेन्ज गर्नुभएको छ ।
सार्वजनिक म्युजिक भिडियोमा अहिलेका चर्चित मोडेल अन्जली अधिकारी र प्रकाश सपुतको बेजोड अभिनय रहेको छ । सिर्जन बरालको निर्दैशन रहेको म्युजिक भिडियोमा अमृत ढकालको छायांकन रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend