साझा नेटवर्क
कमल पौडेल, गुल्मी साउन २ ।
गुल्मी जिल्लाको साविक मुसिकोट गाविस वडा नं. ७ का पूर्व वडा अध्यक्ष तथा वडा नागरिक मञ्चका संयोजक रेशम चालिसेकी ममतामयी माता गंगादेवि चालिसेको स्मृतिमा आज नवौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
नेकपा एमाले मुसिकोट नगर संगठन कमिटिको अयोजनामा भएको कार्यक्रममा नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभाग केन्द्रिय सदस्य सुनिल शेरचनले चालिसेले समाजिक विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. २ का नव निर्वाचित अध्यक्ष लक्ष्मण खत्रि, वडा नं. ७ का नवनिर्वाचित अध्यक्ष प्रकाश काफ्ले, प्रेस चौतारी गुल्मीका सल्लाहकार कमल पौडेल लगाएतले शोक मन्तव्य व्यक्त व्यक्त गर्नुभएको थियो।
कार्यक्रम नेकपा एमाले नगरकमिटि सचिवालय सदस्य वुद्धिवल चालिसेको अध्यक्षता तथा युवा संघ जिल्ला कमिटि सचिवालय सदस्य वसन्त अधिकारीको संचालनमा सम्पन्न भएको थियो । गंगादेवि चालिसेको यहि असार २५ गते ९८ वर्षको उमेरमा निधन भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend