logo
  • शनिबार, असोज १० २०८३

खानेकुरा लिन गएका श्रीमान झन्डै श्रीमतिको काल लिएर आए


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी साउन २ ।
बाग्लुङ्ग जिल्लाको निसीखोलामा आईतवार सबैको घरमा साउने सक्रान्ति चाड लागेको थियो । निसीखोला गाउँपालिका –५ कटुवाल देराकी ईन्द्रमाया बिकले भने साउने सक्रान्ति मनाउने सरसमान किन्न हिडेका श्रीमान ज्ञान बहादुर विश्वकर्मा कति वेला आउँछन र स–परिवार साउने सक्रान्ति मनाउला भन्दै श्रीमानका बाटो कुरेर बसेकी थिईन् ।

श्रीमान त फर्किए तर उनले कल्पना गरे जस्तो साउने सक्रान्ति बनेन उनको । मिठो आशमा बसेकी उनलाई श्रीमानले खानपिन ल्याउनुको साटे रक्सीले टिल परेर झण्डै उनको काल लिएर आए । घर आउन साथ २८ वर्षिय बिकले एक्कासी श्रीमती इन्द्रमायाँलाई निर्घात कुटपीट गरी गम्भीर घाईते बनाएर फरार भए ।

मदिरा सेवन गरी मात्तिएका उनले अर्की श्रीमती ल्याउछु भन्दै इन्द्रमायाँलाई हातपात गर्न थालेपछी बाहिर भाग्न लाग्दा घरको ढोका बन्द गरी श्रीमतीलाई निर्घात कुटपीट गरी अचेत बनाएको प्रत्यक्षदर्शील बताए ।

राति १० बजेको समयमा ईन्द्रमायाँ चिच्च्याएको आवाज सुनेपछी निज ज्ञान बहादुरकी भाई बुहारी अनिता बिश्वकर्मा आएर बचाएकी थिईन । उनले घाईते इन्द्रमायालाई बोकेर माइत पुराएको बताईन ।

आफनी बहिनी कुटिएको देखेपछी उनका दाजु ढाल बहादुर बिश्वकर्माले स्थानीय भलाद्मी तथा जन प्रतिनिधि सुनिल बिक कहाँ उजुरी गर्न गए पछि सुनिल बिकले घरमा गएर खोज तलास गर्दा ज्ञान बहादुर बिक ४ वर्षकी जेठी छोरी लिएर एकाबिहानै फरार भैसकेका रहेछन् ।

जनप्रतिनिधि सुनिल बिकले ईन्डिया गएको हुन सक्ने आसङ्काले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा फोन मार्फत खोजी गर्न र पक्राउ गर्न जानकारी गराएको बुझिएको छ ।

उता पीडित इन्द्रमाया बिकलाई अचेत अबस्थामा निसीस्थित विश्व मेडिकल हलमा उपचार गरिदै गरेको उनका दाइ ढाल बहादुर विस्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend