साझा नेटवर्क
कुसुम नेपाली, गुल्मी असार ३१।
इंगलिस एक्सेस माइक्रो स्कलरसिप कार्यक्रम एक्सेस सेन्टर गुल्मीको आयोजनामा सामुदायिक कार्यक्रम अन्र्तगत आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको उपल्लो तम्घास नगर बाल उद्यानमा विभिन्न जातका एक सय १५ ओटा विरुवाहरु रोपिएको हो ।
कार्यक्रममा नेल्टा गुल्मीका अध्यक्ष एवम् इंगलिस एक्सेस माइक्रो स्कलरसिप कार्यक्रमका फोकल पर्सन् कृष्ण प्रसाद मरासिनीको अध्यक्षता, जिल्ला वन अधिकृत विशाल घिमिरेको प्रमुख आतिथ्यता, इलाका वन अधिकृत पन्नालाल भट्टराई, उपल्लो तम्घास नगर बाल उद्यान समितिका अध्यक्ष डिल्लीराज पाण्डेयको विशेष आतिथ्यता रहेको थियो ।
साथै नेल्टा गुल्मीका सचिव डोरविक्रम श्रीस, कोषाध्यक्ष बालसिँह खत्री लगायत ४० जना विद्यार्थीको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन एक्सेस इन्सटक्चर मोहन पौड्यालले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend