logo
  • शुक्रबार, असोज ९ २०८३

यस्तो आत्माघाति राजनीतिले कोही बाँच्न सकिएला


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार,गुल्मी असार ३१।
हिजो गुल्मीमा सामाजिक सञ्जाल मार्फत छताछुल्ल पारिएको एक अडियो काण्डले धेरैलाई गम्भीर र चिन्तीत बनाएको छ।

अव यो फोन र फेशवुक भन्ने प्रविधी आत्माघाती बम जस्तै बन्ने हो कि भन्ने यहाँका बुद्धिजीवीहरले चिन्ता व्यक्त गर्न थालेका छन् । फोन जस्तो कुरा हरेक व्यव्क्तिको नितान्त गोपिनियताको अधिकार संग जोडिएको चिज हो । कसैको कल रेकर्ड सार्वाजानि गर्दै जाने हो भने अव कुनै न कुनै मानिस आत्मा हत्या समेत गर्न सक्छ सजिलै जो कोही चरित्र हत्या गर्दै समाजको होनाहार व्यक्तिको भविश्य पनि चकनाचुर हुन जान्छ ।

चुनाव ताकाको फोन रेकर्ड कै कुरा गर्ने हो भने यो हिजो बाहिरा आएको काण्ड भन्दा डर लाग्दा घटना समेत बाहिर आउन सक्छन् । चुनाव ताका आफ्नो पक्षमा मत ल्याउनका लागि व्यक्तिगत भेटमा होस वा फोनमा प्रलोभन दिने कुरामा कुनै दलका कुनै नेता चुकेका छैनन् भन्दा फरक नपर्ला ।

एक चोटी स्वास्थ्य प्रतिष्पर्धाको राजनीति गर्न रुचाउनेहरुले गम्भीर भएर सोच्ने वेला आएको छ। यति हिजोको प्रबृद्धिलाई बढवा दिदै जाने हो भने कुनै न कुनै दिन तपाईमाथी पनि फोन र फेशवुक आत्माघाती वम बनेर पड्कीन सक्छ र तपाईको राजनैतिक जिवन ध्वस्थ हुन सक्छ । हिजो नेकपा एमालेका एक जना नेताले २५ हजार दिएको र थप एक लाख दिने फोन रेकर्ड जुन बाहिर आएको छ त्यो सुनियोजित रुपमा फसाउन खोजिएको प्रष्ट बुझ्न सकिन्छ ।

पैसा लिन न चाहेकै भए किन वार्गेनिङ्ग गर्ने रु यति त्यो कल रेकर्ड उनै नेताको हो भने पनि उनले सुरुमा नजिकको साथी भाईको नाताले कार्यापालिकाको चुनावमा सहयोग गरी दिन आग्रह गरेका छन् ।जव जवाफमा पैसा कै वार्गेनिङ्ग स्वयम ति कांग्रेसजनले गर्न थालेका छन् । म मात्र होईन , मेरो मान्छे अरु पनि धेरै छन भनेर उनले भन्नु वार्गेनिङ्ग पक्कै हो ।

यति उनलाई पैसाको प्रलोभनमा पर्नु थिएन र अस्वस्थ्य राजनीति गर्नु नै थिएन भने उनि उनले बोलाएको भनिएको ठाउँमा पैसा लिन किन गए रु यति ठुलो अडियो काण्ड बाहिर ल्याउन सक्नेले किन त्यो उनले पैसा दिएको भन्ने ठाउँमा रङ्गे हात तस्वीर खिच्ने व्यवस्था मिलाउन सकिएन् रु

चुनावमा किन्न चाहने संग बेचिन को चाहेको छ रु त्यसै अडियो रेकर्डले बताउँ छ । कति सम्म आत्मा घाती खेल खेलिएको छ ,एउटै पेटको दाजु भाई जस्तो भएर आन्तरिक भालाकुसरी गर्ने अनि पछि गएर त्यति डर लाग्दो राजनीति गर्ने । यस्तै गर्ने हो भने अव पालै पालो सवै नेताहरुको चरित्रा नास र बनिवास हुन सक्छ ।

स्वस्थ प्रतिष्पर्धात्मक राजनीतिमा यस्तो यस्तो कु–संस्कारको विकासलाई बढवा चुनावको मुखमा आएर गुल्मीको रुरुबाट दिईयो । एउटा सुन्दर राजनीति भविश्य बोकेको २७ वर्षिय युवा यदु ज्ञवालीलाई ६ वर्ष पुरानो कुनै युवती संग हेलो हाईको विषय उठाएर ठुलो तनावमा पारियो ।

उनलाई चुनावमा जित हारको भन्दा पनि चरित्र हत्याको पिडाले मानसिक रुपमा निकै थला पा¥यो । कल रेकर्ड खोज्दै जाने हो भने यो देशका सडक मजदुर देखि सदन सम्मका अधिकांस मानिस डर लाग्दा यौन काण्डमा फस्न सक्छन् । यौनिक मामिलामा प्रायःकोही पनि दुधले नहुाएका छैनन् । त्यस्तै आर्थिक चलखेलको कल रेकर्ड खोज्ने हो भने ठुला ठुला नेता र मन्त्रीहरु करोडौंको वार्गेनिक गर्दै गरेको पाईने छ ।

हिजो ति एमाले नेतालाई कल रेकर्डबाट होईन उनले त्यो २५ हजार दिएकै भए तस्वीर नै खिच्ने व्यवस्था मिलाएर फसाउन सकिन्थ्यो । जवकी उनी आफैले पैसा लिन बोलाएको भनेपछि उनलाई रङ्गे हात फसाउने ठुलो मौका मिलेकै थियो । तर ति कांग्रेसजने ताप्केको माछो फुत्काएर कुराँ हात लगाएका छन् ।

उनले इमानको राजनीति गर्न खोजेको भए पैसाको प्रलोभन देखाउने ति एमालेका नेतालाई फोनमै झपार्नु सक्नु पर्ने हो । के ठान्नु भएको छ , के दलितहरु भेंडा बाख्रा हुन र जस्ता शव्दको त्यो कल रेकर्ड हुन्थ्यो भने उनले फसाउन खोजेको बाजी पक्कै मार्ने थिए ।

सत्य तथ्य के हो रु भोली छानविनले बताउला तर हिजो कांग्रेसजनको पत्रकार सम्मेलनमै गरिएको एमाले नेता प्रति आरोपको समाचार हामीहरुले लेख्नै पर्दछ र लेखियो यद्येपि त्यो समाचार भित्रको समाचार लेख्नै पर्ने देखेर आफ्ना विचार र केहि प्रबुद्ध व्यक्तिहरुको समेत विचारलाई समिश्रण गरी यो पंक्ति लेखिएको हो ।

फोन रेकर्ड काण्डकै कुरा गर्नु पर्दा रामकुमारी झाँक्री काण्डले पनि उनको राजनैतिक भविश्यमा निकै असर गर्ने हो कि भन्ने चिन्ता बढेको छ । यसर्थ सत्यको राजनैतिक गरौं । प्रतिवाद गर्नु नै छ भने पनि मानविय संवेदनालाई ख्याल गरेर मात्र गरौं । जालझेल षडयन्त्रको राजनीति गर्ने नै हो भने हामीले भयङकर डरलाग्दा र जोखिम युक्त राजनैतिक यात्रामा छौं भनेर बुझ्नु होला।

आज एउटा विपक्ष राजनैतिक दलको सहकर्मीको छातीमा बजारिएको त्यो फेशबुक र फोन रेकर्डको आत्माघाती वम भोली तपाईको छातिमा पनि बज्रिन सक्छ ।यस्तै गर्ने हो भने अव कसैको पनि भविश्य सुरक्षित छैन् । मानविय स्वभाव न हो जो कोही फोनमा आफुले नजिक बनाएका मानिसहरु संग जस्तो पनि बोलिन्छ ।

त्यसरी फोन रेकर्डलाई हतिायर बनाउने हो भने जो जसले प्रयोग गरेरै भए पनि जो कोहीको जिवन ध्वस्त पार्न सकिन्छ । यस प्रति सवै गम्भीर बनौं ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend