logo
  • शनिबार, असोज १० २०८३

वन डढेलोमा परी ज्यान गुमाएकाले राहत नपाएको प्रति गुनासो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री,  गुल्मी असार ३० ।
वन जंगलमा बन डढेलो नियन्त्रणको क्रममा मर्नेले राहत तथा क्षतीपुर्ति नपाएको प्रति एक कार्यक्रममा सहभागीले आबाज उठाएका छन् ।
जिल्ला वन कार्यालय गुल्मीले राखेको वार्षिक कार्यक्रमको समिक्षा कार्यक्रममा आवाज उठेको थियो । जिल्लामा बिभिन्न स्थानमा वन डढेलो नियन्त्रणको क्रममा मर्ने मानिसका आफन्तले क्षतीपुर्ति नपाएको प्रति सहभागी गुनासो गरेका थिए ।

कार्याक्रममा बोल्दै इन्सेक गुल्मी प्रतिनिधी तथा पत्रकार टोपलाल अर्यालले जिल्लामा पछिल्ल केहि वर्ष वन डढेलो नियन्त्रणको क्रममा भएको मानविय क्षेतीप्रति सरकारले क्षतीपुर्ति तथा राहतको ब्यवस्था नगर्नु दुखद पक्ष रहेको बताए ।

बन डढेलोमा परि मृत्यु भएका परिवारले सरकारी तबरबाट राहत नपाएको प्रति जिल्ला वन कार्यालय गुल्मीका बन अधिकृत बिशाल घिमिरेले गुनासो गरेका छन् ।

कार्यालय प्रमुख घिमिरेले आफुलाई वन डढेलोमा परि मर्नेका परिवारले की जागिर देउ की राहत तथा क्षतिपुर्ति मिलाइदेउ भन्दै आफन्त कार्यालयमा आउने गरेको दुखेसो गरे ।

उनले गुल्मी जिल्लामा वनमा लागेको आगो निभाउने र आगोलागीमा परि ज्यान गुमाउनेहरुका आफन्तले सरकारी तबरबाट कुनै पनि राहत नपाएको प्रति दुख ब्यक्त गरेका थिए ।

वन अघिकृत घिमिरेले भने ‘सरकारी क्षेत्रबाट कुनै खालको राहतको लागी बिभागमा पठाएका छौ तर हाल सम्म कुनै खालको राहत आएन । वन डढेलो निभाउने क्रममा मृत्यु भएका परिवारलाई कुनै न कुनै राहत सरकारी तबरबाट आबश्यक रहेको अधिकृत घिमिरेको भनाई छ ।

आगो निभाउँदा १० जनाको ज्यान गयो

गुल्मीमा गत ७ वर्षको अन्तरालमा बनमा लागेको आगो निभाउने र आगोलागीमा परि १० जनाको मृत्यु भएको छ । जिल्लाको हस्तिचौर गा.वि.स. वडा नं. ३ स्थित हस्तिचौर सामुदायिक वनमा मिति २०६६बैशाख १२ गते लागेको डढेलो निभाउने क्रममा हस्तिचौर गा.वि.स. वडा नं. ३ का रामलाल घिमिरे, अमर वहादुर कुंवर, देवकला खत्री, सिता कुवँर र धनकलाखत्री गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

आगोलागीमा वडागाउँ गा.वि.स. वडा नं. ६ को तिलेहार सामुदायिक वनमा २०६६ बैशाख ५ लागेको वन डढेलो निभाउने क्रममा घाइते भै बेहोस अवस्थामै उपचारको क्रममा वडागाउँ ८ कागोपाल सुनारको मृत्यु भएको थियो ।

उनिहरुलाई सरकारी तबरबाट सहयोगको लागी जिल्ला वन कार्यालय गुल्मीबाट आग्रह गरिए पनि कुनै पनि राहत प्राप्त नभएको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै २०७२ चैत २९ गते मामायागिरी गा.वि.स.मा पर्ने धैरेनी सामुदायिक वनमालागेको वन डढेलो निभाउने क्रममा आगोको लप्कोले जल्न गएका मलायागिरी गा.वि.स. वडा नं. १ काकमल खड्काको किर्तिपुर अस्पताल काठमाडौंमा उपचारको क्रममा २०७३ बैशाख ११ गते मृत्यु भएको थियो ।

गत वर्ष २०७३ बैशाख १७ मा दोहलीगा.वि.स.मा पर्ने जलुकीे खोला वनमालागेको डढेलो अनियन्त्रितभई निजि जग्गामा विस्तार हुँदा सो आगोको कारण दोहलीगा.वि.स. वडा नं. ५ कातुल्सीलामा गुरुङ्गको घट्नास्थलमै मृत्यु भएको थियो ।

सोही वनमा डढेलो निभाउने क्रममागम्भीर रुपले जल्नगई उपचारकालागि पाल्पा लैजाने क्रममा दोहलीगा.वि.स. वडा नं. ६ कालोकबहादुर गुरुङ्गको बाटोमै मृत्यु भएको थियो ।

वडागाउँ गा.वि.स. वडा नं. ६ को तिलेहार सामुदायिक वनवाट डढेलो विस्तार भई २०७३ बैशाख १८ गते वडागाउँ गा.वि.स. वडा नं. १ को कर्लाम सामुदायिक वनमा विस्तार भई अनियन्त्रित रुपमागाउँ वस्तीमा प्रवेश गरेको आगोको कारण सोही वडामा वस्ने वर्ष ६६ का मेहरसिं रास्कोटीको घटनास्थलमै मृत्युभएको थियो ।

जिल्लाका ७ सञ्चारगृह पुरस्कृत

वन कार्यालय गुल्मीले गुल्मीका ७ वटा सञ्चारमा संस्थालाई पुरस्कृत गरेको छ । जिल्लामा रहेको पत्रकार महासंघ संहित ५ वटा एफ एम र एउटा टेलिभिजनलाई पुरस्कृत गरेको हो ।

कार्यालयले बिहिवार वार्षिका समिक्षा कार्याक्रममा नेपाल पत्रकार महासंग गुल्मी शाखा र जिल्लाका रेडियो रेसुंगा, रुरु एफ एम, रेडियो गुल्मी, स्काई एफ एम र पुष्पाञ्जली एफ एम र रेसुंगा टेलिभिजनलाइ पुरस्कृत गरेको छ ।

वन डढेलो नियन्त्रण गर्न जनचेतना मुलक सामाग्रीहरु प्रदर्शन गरी जनतालाइ सुसुचित गरेको भन्दै कार्यालयले नगद रु ६ हजार र सम्मान पत्रले सम्मान गरेको थियो ।

पुरस्कृत कार्याक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांना, जिल्ला समन्य समिति गुल्मीकी स्थानिय बिकास अधिकारी कल्पना श्रेष्ठ, रेसुंगा नगरपालिका गुल्मीका मेयर डिल्लीराज भुसाल,जिल्ला वन अधिकृत बिशाल घिमिरे सञ्चार माध्यमका प्रमुखलाई नगर र सम्मान पत्रले सम्मान गरेका थिए ।

पुरस्कृत कार्याक्रममा प्रमुख जिल्ला अधिकारी ढुगांनाले वन डढेलो नियन्त्रण गर्नमा जिल्लाका सञ्चार माध्यमले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।

उनले सञ्चार माध्यमको यो प्रशंसनिय कार्य निरन्तर रहि रहनेमा आफु आशावादी रहेको बताए । प्रजिअ ढुगांनाले जिल्ला वन कार्यालय गुल्मीले शतप्रतिशत कार्यक्रमहरु गर्न सफल भएकोमा आभार प्रर्कट गरेका थिए ।

बाँदर आतंकले दिनहुँ फोन आउँछन्

वार्षिक समिक्षा कार्याक्रममा प्रजिअ ढुगांनाले जिल्लामा वाँदर आतंकबारे दिनहुँ प्रशासनमा गुनासो आइरहने गरेको बताए । कार्यालयमा दिनहुँ बाँदर आतंक भयो कसरी नियन्त्रण गर्ने भन्दै फोन आउँछ उनले भने ‘यसबारे सबैसंग फलफल जरुरी छ ।

कार्याक्रममा जिल्ला वन अधिकृत घिमिरेले पनि वन कार्यालयमा पनि दिनहुँ वादर आतंक भयो भन्दै फोन आउने गरेको बताए ।

उनले बाँदर आतंकबाट अन्नवालीको क्षतीको ब्यवस्था गरिदिन सम्मका आग्रह आउने गरेको बताए । वर्षा याम सगै खेत बारिमा भएका बिशेष गरि मकै बालीमा बाँदर आतंक बढने गर्दछ । जिल्लामा वन नजिक रहेका खेत बारीमा बाँदर आतंक बढ्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend