logo
  • शनिबार, साउन ९ २०८३

गुल्मी इस्माकी १०१ वर्षिय वृद्धाको निधन : नेता बिष्टद्वारा समवेदना


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

साझा नेटवर्क, गुल्मी असार २९ ।
गुल्मी जिल्ला इस्मा गाउपालिका वडा न. ४ कि १०१ वर्षिय तुलसादेवी अर्यालको निधन भएको छ । उनले गएको चुनाबमा रामराज्य माबि मतदान केन्द्रबाट पहिलो पट्क भोट खसालेकि थिइन ।
केही दिनदेखी बिरामी परेकी उनको आज दिउँसो निधन भएको हो । आश्चर्यको कुरा उनले गएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भोट खसाल्दा जिवनको अन्तिम भोट भनेकी थिइन । आज त्यो कुरा यथार्थमा परिणत भएको छ ।

उनको आफ्नै निवासमा निधन भएको छ । उनका पाँच भाइ छोरा र एक छोरी रहेका थिए । उनको आजै स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ ।

एमाले सचीव बिष्टद्वारा समवेदना

नेकपा एमालेका सचीव तथा साम्सद गोकर्ण बिष्टले १०१ वर्षिय तुलसादेवी अर्यालको निधन प्रती दुख व्यक्त गरेका छन ।
गाउको एक जना अभिभावकको निधनले आफुलाइ गहिरो चोट परेको बताउदै बिष्टले दिवङत आत्मा प्रती श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रती हार्दिक समबेदना गरेका छ ।

“उहाँ एउटा एतिहास र अभिभावक हुनुहुन्थ्यो, उनले भने: आज गुमाउन पुग्दा पीडा भएको छ । बिष्ट हरेक निर्वाचनमा आशीर्वाद माग्न ती वृद्ध कहाँ पुग्ने गर्थे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend