logo
  • शनिबार, असोज १० २०८३

बागलुङमा द्वन्द शान्ति र विकासमा स्थानिय सरकारसँग गाेष्ठि सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल खड्का, बाग्लुङ असार २९ ।
दिगाे शान्ति र बिकास र द्दन्दपिडितकाे मुद्दा सम्बाेधन गर्न स्थानिय सरकारकाे अध्ययन देखि वकालत गरि रणनिति निर्माण गर्न प्रभावकारी भुमिका हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले निष्कर्ष निकालेका छन ।
शान्ति र बिकास हाम्राे चाहाना भन्ने मुल नाराकाे साथ संक्रमणकालीन न्यायमा हाम्राे भुमिका र सम्मान कार्यक्रममा उक्त कुरा निष्कर्ष निकालेका हुन ।

कार्यक्रममा कार्यपत्र प्रश्तुत गर्दै मानव अधिकारकर्मि एवं अभियन्ता सिताराम थापाले मुलुककाे राजनितिक संक्रमण बिगत देखि बर्तमान अवस्था बारे बताउदै राज्यले द्दन्दपिडित र प्रभाबितकाे मुद्दा राज्यले सम्बाेधन नगरि पिडित लाई देखाउने, पिडकलाई हंसाउने गरेकाे तर्क प्रश्तुति गरे ।

प्रमुख अतिथि यवं गल्काेट नगर प्रमुख भरत गैरेले द्दन्दप्रभाबितकाे मुद्दा थाहा पाउने अवसर सत्कर्म नेपालले गरेकाेले उनिहरुकाे मुद्दा सम्बाेधन गर्न नितिगत रुपमां कार्यक्रम सहित थालनि यस नगरले सहकार्य गर्ने प्रतिबद्दता ब्यक्त गरे । उनले पडित द्दन्दबाट पिडादायि भएकाले राहात र क्षमता विकास गर्नु पर्ने बताए ।

बिशिष्ठ अतिथि यवं उप प्रमुख रेनुका काउचाले सामाजिक अधिकारमां लामाे समय यस क्षेत्रमा कार्यरत समाजिक संस्थाहरु अायाेजक भयकाले द्दन्दपिडित र प्रभाबितहरुलाई न्याय र नेतृत्व क्षमता बिकासमां सहयाेग गर्नु पर्ने बताईन ।

नगर कार्यकारी अधिकृत प्रदिप चन्द्र सुबेदिले शान्ति र द्दन्द निरुपणमुखि विकास याेजना बनाउन अाफ्नाे तर्फबाट प्रयास गर्ने साेच याे कार्यक्रमले दिलायकाे बताए । उनले यस क्षेत्रमा काम गर्ने संस्थासंग सहकार्य गर्दै पिडितकाे सत्य तथ्य उजागर गरि काम गर्न अाफु लागि पर्ने बताए ।

कार्यक्रममां मानव अधिकारकर्मि यवं अभियान्ता सिताराम थापाले नव निर्वाचित नगर प्रमुख उप प्रमुख लगायत पदाधिकारिहरु लाई सम्मान गरेका थिए ।

सत्कर्म नेपालकाे मुल अायाेजना द्दन्दिपिडित अधिकार समाज र अामा मिलन केन्द्रकाे साझेदारितामां अायाेजित कार्यक्रममां द्दन्दपिडित बुल बहादुर के.सि. छम कुमारि बस्नेत, जमुना थापा र नागरिक समाजकाे खिम बहादुर साहानि लगायतले बाेलेका थिए ।

कार्यक्रममा, द्दन्दपिडित, समाजसेबि, सुरक्षाकर्मि संचारकर्मि, जननिर्वाचित प्रतिनिधि लगायत ४० जनाकाे सहभागिता भएकाे थियाे । सत्कर्म नेपालकाे निर्देशक सिताराम थापाकाे अध्यक्षता, द्दन्दपिडित समाजका सचिब सरस्वति कार्किकाे स्वागत र संचालन नुनुमांया थापा मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend