logo
  • शुक्रबार, असोज ९ २०८३

भत्ता होईन, “गास बास र कपास”को ग्यारेन्टी गछौं : धुर्कोट गाउँ प्रमुख


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी असार २९।
विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण सस्तो लोक प्रियता भएको भन्दै गुल्मीको धुर्कोट गाउँपालिका प्रमुखले जनताको दिर्घकालिन जिवन स्तर सुधार गर्न पहिला गास वास कपासको ग्यारेण्टी गर्ने गरी आफ्नो टिमले काम अगाडी बढाउने बताएका छन् ।
उनले धुर्कोट गाउँपालिकामा पदभार ग्रहण समारोहलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । बृद्ध भत्ता, एकल महिला भत्ता, अपाङ्गा भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता दिने हो भने महिनाभर कमसेकम ति वर्गलाई पुग्ने गरी दिनु पर्दछ , जो एक दम थोरै छ।
पोखरेलले भने –‘ त्यो भन्दा पनि गरिव विपन्न जनता, घर छाउन नसकेर चुहिने खरको छाना मुनी बस्न बाध्य छन् र हिँउँदमा आगो लागीबाट ज्यान जोखिममा समेत पार्दै आएका छन यसर्थ हामीले दुई वर्ष भित्रमा धुर्कोट गाउँपालिका भित्र एउटा पनि खरले छाएको घर देख्न नपर्ने गरी काम गर्ने पहिलो निर्णय गरेका छौं ।
२०६४ को संविधान सभा चुनाव र २०७०को संविधान सभा चुनावमा देख्नु सुन्नु भएकै होला भोट माग्ने बेलामा ति खरका झुपडीहरुमा टिन लगाई दिन्छु नेताहरुले भनेकै थिए तर ति झुपडी जस्ताको त्यस्तै छन, बरु दलहरुले यो चुनावमा ति झुपडीहरुमा झण्डा गाड्न मात्रै प्रतिष्पर्धा गरे ।

पोखरेलले भने तर हामी त्यस्ता खोक्रा सपना मात्रै बाँड्दैनौ, लेखेर राख्नु २ वर्षपछि तपाई आउँदा एउटा पनि खरले छाएको घर देख्न पाउनु हुने छैन् । उनले त्यसका लागि १५ दिन भित्र प्रत्येक वडाका अध्यक्षहरुलाई खरले छाएका घरधुरी संख्याको विवरण तयारी गरी गाउँपालिका कार्यालयमा पठाउन निर्देशन दिएको समेत बताए ।

पहिलो बैठकले प्रविधी युक्त आधुनिक र व्यपसायीक कृषि प्राणाली अवल्वन गरेर जनताको जिवन स्तर उकास्ने, वैदेशिक रोजगारमा जानबाट रोक्ने, त्यहाँको शिक्षा स्वास्थ्य, मोटरबाटो, खानेपानी र विद्युतीकरणको समस्या समधानका लागि आफुहरुले काम सुरु गरी हाल्ने बताए ।

त्यस्तै उपप्रमुख शिवबहादुर खत्रीले धुर्कोटवासी जनताका लागि आफुहरु निस्वास्र्थ सेवक भएर उहाँहरुले गरेको अपेक्षा अनुसारको सेवा दिने र ५ वर्षमा धुर्कोटलाई नमुना गाउँपालिकाका रुपमा विकासित गर्ने बताए ।

गुल्मीका अन्य क्षेत्रमा विद्युत सेवा पुगे पनि क्षेत्र नम्वर ३ को हाडहाडे लगायतका स्थानमा अहिले पनि विद्युत वल्न नसकेको, वाग्ला लगायतका स्थानमा मोटर बाटो, विद्युत र खानेपानीको त्यो हविगत देखेर आफुहरु गम्भीर भएकोले ति समस्या समधानमा आफुहरु लाग्ने उनको प्रतिबद्धत्ता थियो् ।

कार्यक्रमा प्रमुख अतिथी पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीले सवैलाई समेटेर अहिलेको युवा टिमले जनअपेक्षा अनुसारको काम गर्नेमा विश्वास व्यक्ति गरेका थिए ।

त्यस्तै गाउँ प्रमुखका निकटतम प्रतिद्धन्द्धी तथा नेकपा एमाले धुर्कोटका ईञ्जार्च कृष्ण घिमिरेले आफ्नो पार्टी वलियो प्रतिपक्ष भएकोले यसलाई साथ लिएर गए मात्रै धुर्कोटको विकास हुने दावि गरे । पदभार ग्रहण कार्यक्रम धुर्कोट गाउँपालिका प्रमुख होमनाथ काफ्लेको अध्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend