logo
  • शनिबार, साउन ९ २०८३

विद्युत प्राधिकरणले वितरण प्रणालीमा आधुनिक बनाउदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौं, असार २९।
परम्परागत प्रणालीलाई प्रतिस्थापन गर्नका लागि नेपाल विद्युत प्राधिकरणले बिजुली वितरण प्रणालीलाई आधुनिकीकरण गर्न थालेको हो । प्राधिकरणले पहिलो चरणमा राजधानीको नयाँवानेश्वरस्थित सवस्टेशनमा परीक्षणको रुपमा आधुनिकीकरण गरि सुचारु गरिएको बताए।वानेश्वरबाट आधुनिकीकरण गर्ने काम सुरु भएको प्राधिकरण प्रणाली सञ्चालन विभागका उपप्रवन्धक दीपक धितालले बताए छन् । पहिलो चरणमा परीक्षणको रुपमा वानेश्वरबाट सुरुवात भएको बताउँदै यो सफल पच्यात अन्य सवस्टेशनलाई आधुनिकीकरणको काम सुरु हुने उनले बताए।

आधुनिकीकरणपछि सो स्थानमा सवस्टेशको सम्पुर्ण जानकारी प्राप्त हुने र कम्प्युटरमा रेकर्ड रहनेदेखि प्रणाली प्रभावकारी रुपमा सञ्चालन हुने उनको भनाई छ । प्रणाली सुदृढीकरण गर्न क्रममा प्राधिकरणले बिहीबारदेखि सोमबारसम्म राजधानीको विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द गर्ने बताएको छ ।

असार ३१ गते राजधानीको बाग्मति धोविखोला क्षेत्रमा विहान ८ बजेदेखि दिउँसो साढे १२ बजेसम्म,बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र शंखमुल क्षेत्रमा दिउँसो साढे १ देखि साँझ ६ बजेसम्म बिजुली आपूर्ति बन्द हुनेछ।

साउन १ गते शनिबार एयरपोर्ट र ललितपुरको लुभु क्षेत्रमा बिहान ८ देखि दिउसो साढे १२ बजे, साउन २ गते बानेश्वर र कोटेश्वर क्षेत्रमा बिहान ८ देखि दिउसो साढे १२ बजेसम्म आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend