logo
  • शनिबार, साउन ९ २०८३

फेसबुकमा जथाभावी लेख्ने प्यूठानका सुनार पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौं असार २९।
सामाजिक संजालहरुमा बढ्दो राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद समसामयिक सन्दर्भलाई जोडेर अपमानजनक शब्द प्रयोग गर्ने सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको छ।राष्ट्रपति भण्डारीलाई फेसबुक स्टाटसमा अनैतिक अराजकता लेख्ने युवक तौलिहवाबाट पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका सोनुकुमार सुनार पेशाले पत्रकार हुन् ।रेडियो तौलिहवाका पत्रकार सुनारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रेडियोको स्टेशन बाहिरबाट बुधवार साँझ नियन्त्रणमा लिएको हो । पक्राउ परेका सुनारको स्थायी घर भने प्यूठान जिल्लामा रहेको बताए ।

केही समय देखि कपिलवस्तुमा कार्यरत सुनारले अत्यन्तै तुच्छ शब्द प्रयोग गरेर फेसबुकमा राष्ट्रपतिलाई गालीगलौज गर्दै आएका थिए । प्रहरी उपरीक्षक भोजजंग शाहले सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको बताए।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जथाभावी लेख्ने सुनारलाई हदैसम्मको कारबाही हुनु पर्ने माग गरे छन् ।रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend