logo
  • शनिबार, असोज १० २०८३

अपडेट : गीता नेपाली हत्याकाण्डका अभियुक्त पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

तस्वीरको बायाँ चिया छोपिएको गिलास समातेकी मृतक गिता नेपालीकी भाउजू सीता नेपाली ।

कमल पौडेल, बाग्लुङ असार २७ ।
गुल्मी अमराईकी गिता हत्या काण्डका अभियुक्तलाई आज प्रहरीले पक्राउ गरेको छ । बडीगाड गाउँपालिकाका २ सक्नेरका वर्ष २० का हिराबहादुर मगरलाई खर्वाङ प्रहरी चौकीले नियन्त्रणमा लिएर केहि समय अघि हरिचौर इलाका प्रहरी कार्यालय पठाएको श्रोतले बतायो ।

तस्वीरको बायाँ चिया छोपिएको गिलास समातेकी मृतक गिता नेपालीकी भाउजू सीता नेपाली हुन् ।

खर्वाङबाट प्रनानि भोजबहादुर बानियाँको नेतृत्वमा गएको प्रहरी टोलीले अभियुक्त मगरलाई निजको घरबाटै पक्राउ गरेको प्रत्यक्षदर्शीले बताए । प्रहरी निजको घरमा पुगेपछी उनका बाबुले चार पाँच दिन देखी छोरालाई घरमा नदेखेको बताएपछी घरखानतलासी गर्न लाग्दा अभियुक्त मगर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको स्थानीयले बताए ।

घटनाका दिन अभियुक्त मगर, मृतक गीता नेपाली र उनकी भाउजु सीता नेपाली राति ८ बजे सम्म साथै बसेर मदिरा वियर सेवन गरेको खुल्न आएको छ । पहिले भाउजू सीताले कुनै केटाको फोन आएपछी मृतक गितालाई त्यहिँ छोडी भोलि भेट भैहाल्छ नि भनेर एक्लै घरमा गएको बताएकी थिईन । अहिले तीनै जना साथै बसेर राति ८ बजेसम्म मदिरा सेवन गरेको भन्ने जानकारी बाहिर आएपछी घटना रहस्यमय बनेको स्थानीयको बुझाई छ ।

मृतक गीताको हत्या गरिएको भन्नेमा कसैमा शंका नरहेपनि हत्या गर्नु भित्रको रहस्य अझै बाहिर आएको छैन । हत्याकाण्डमा को कसको संलग्नता थियो के कारणले हत्या गरियो भन्ने प्रहरीले गम्भीररुपमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रहरीले सोधपुछका लागि लब्दीखोला मोटरेबल पुलका ठेकेदारलाई हरिचौर इलाका प्रहरी कार्यालयमा पठाएको श्रोतले बतायो ।

अहिले मृतक गीता नेपालीका श्रीमान धनबहादुर नेपाली, बुबा, भाउजू सीता नेपाली सहितका समूह हरिचौरमा रहेको छ भने मृतकको शवको पोष्टमार्टम भोलि गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend