साझा नेटवर्क
भुवन रायमाझी, पाल्पा असार २७ ।
पाल्पा तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका–३ अम्लियानको सीमामा पर्ने तिनाउ नदीमा आएको बाढीले जीपलाई बगाउँदा चारजना बेपत्ता भएका छन् ।
बाढीले लु १ ख १२१७ नम्वरको जिप बगाउदा तानसेन नगरपालिका वडा नम्बर १ भुसालडाडाकी २९ बर्षीय उषा श्रेष्ठ, बगनासकाली गाउँपालिका वडा नम्बर ३ नायरका ४० बर्षीय पदम बहादुर कुवँर, माथागढी गाउँपालिका वडा नंम्बर १ चिदिपानीका ५१ बर्षिय तिलबहादुर गाह उहाँकी श्रीमती ४० बर्षिया मायाँ गाहाँ वेपत्ता भएका छन् ।
अम्लियानको बाढीले यसै हप्ता मात्र सात जनाको ज्यान गएको छ । पाल्पामा विगत धेरै वर्षदेखी बर्षायामको समस्याको रुपमा रहेको यस खोलामा पक्की पुल वनाउने त्यहाँ स्थित राजनिति गर्ने राजनितिक दलको नारानै भइपनि हाल सम्म कसैले पुरा नगरेका कारण वर्षेनी सर्वसाधारणले ज्यान गुमाउन पुगेको स्थानियहरु वताउन्छन् ।
पालगातारको झरीले गर्दा उद्धारकार्यमा ढिला भएको छ । तर समयमा खवर गरेपनि प्रहरीले चासो नदिदा बुहारी सहित अन्य ३ जना सथीभाई गुमाउनु परेको गुनासो सुनाउँदै गाडि चालका दाजुले दुखेसो पोखेका छन् ।
‘पाँच किलोमिटर नजिकै रहेको प्रहरी भने घटना घटेको २५ मिनेटपछि मात्र आयो खबर गर्नासाथ आएको भए सबै बचाउन सफल हुन्थ्यौ मेरै घरका भाईलाई त बचाँए तर बुहारी बचाउन सकिन उनले भने ल्पा क्षेत्र न २ का सांसद सोमप्रसाद पाण्डेकै गाँउमा भएको यस घटना घटेको छ ।
पाल्पाको यो खोलाकै कारण वर्षायाममा पाल्पा तानसेनबाट झडेवा गोठादी रुप्से लगाएतका श्रेत्रमा गुड्ने सभारी साधन समेत प्रभावित छन् । समयमै सबैले आ-आफ्नो तरिकाबाट पहल गरि पुल निर्माण नगर्ने हो भने आउने समयमा पनि सर्वसाधारणलाई जोखिम मोल्नु पर्नेछ ।
लगातार बर्षा भईरहेको थियो । बर्षाका कारण तिनाउ खोला बढेको थियो । रातीको अन्धकारमयी वातावरण १।१५ बजे सराईको पुलको बीच भागमा पुग्दा जीप बन्द भएर रोकियो ।
त्यसपछि चालक श्रेष्ठले सबै भन्दा पहिला आफन्त र भूषालडाँडाका साथीहरुलाई फोन गरेर गुहार मागे । मिशन अस्पतालबाट चालकका साथी र आफन्तहरुले प्रहरीलाई १।३६ बजेको समयमा फोन गरेर घटनाका बिषयमा जानकारी दिएपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिए ।
चालक श्रेष्ठका साथीहरुले रसीको सहायताले उनलाई बाहिर निकाले तर अर्को प्रयास गर्दा गर्दै रसी चुडियो । प्रयास असफल भयो । हेर्दा हेर्दै चारै जनालाई र जीप खोलाले बगायो । झण्डै एक घण्टा सम्म पुलको बिच भागबाटै गुहार मागी रहेकाहरुको समयमा उद्धार हुन सकेन ।
रातीको १:१५ बजेर ७ मिनेट जादा सराई बजारतर्फबाट तानसेनतर्फ फर्कने क्रममा अविरल बर्षाका कारण बढेको तिनाउ खोलाको पुल तर्दै गर्दा जीप बीचमै फसेपछि पौने घण्टासम्म पनि राहत नपाएका कारण, राती नै उनीहरुले हार गुहार मागेका थिए तर राती अवेर भएका कारण उनीहरुले समयमा गुहार पाउँन सकेनन् । निरन्तर बर्षा र खोला बढेका कारण स्थानीय वासिन्दाले पनि समयमा जानकारी पाएनन् ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा बेपत्ता हुनेको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । अत्याधिक वर्षाको कारणले पानीको सतह बढेको हुनाले खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend