साझा नेटवर्क
विमल खड्का, असार २७ ।
बागलुङ जिल्लाकाे पश्चिम ढाेरपाटन नगरपालिका वडा नम्बर- २ का अन्दाजी ५५ बर्षिय जिवलाल खनालकाे मलेसियामा गाडीकाे ठक्करबाट साेमबार बिहान मृत्यु भएकाे छ ।
मलेसियामा बिगत दश वर्ष यता राेजगारका लागी कार्यरत रहनु भएकाे उहाँ अाईतबार घरमा पैसा पठाएर काेठामा फर्कदा उहाँकाे मृत्यु भएकाे हाे । साईकलमा सबार खनाललाई पछाडिबाट गाडीले ठक्कर दिदा घाईते हुनुभएको थियाे ।
घाईते खनालकाे टाउकाेमा गम्भीर चाेट लागेका कारण हस्पिटलमा उपचारका त्रममा साेमबार बिहान मृत्यु भएकाे बताएकाे छ । खनाललाई कुन गाडीले हान्याे भन्ने पत्ता नलागेकाे उनका अाफन्त चुडा केसीले साझा नेटवर्कलाई जानकारी दिए ।
खनाल बिगत दश वर्ष यता राेजगारका लागि मलेसिया रहेका थिए । घर साबिककाे बुर्तिबाङ रिनामा पर्दछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend