logo
  • शुक्रबार, असोज ९ २०८३

मेक्समले काठमान्डौ सहित धेरै शहरहरु थर्काउदै (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सरगम तिलक मगर,गुल्मी असार २६ ।
हिन्दु नारीहरु को महान पर्ब हरितालिक तिज को माहोल र चहल पहल बढे सङ्गै यतिबेला नेपाली कलाकार हरुलाई भ्याइ नभ्याइ भएको छ । प्राय जस्तो सधै ब्यस्त हुने कलाकार हरु तिज नजिकिदै गर्दा झन् ब्यस्त हुनु स्वभाविकै मानिन्छ ।यस्तै ब्यस्त हुने कलाकारमा गायक तथा सर्जक नरेश खाती क्षेत्री र मेक्सम खाती पनी पर्ने गर्छन् । उनीहरुलाई पनी तिजको माहोलले छोई सकेको छ । भर्खर मात्र यु ट्युव मा तिज गित को कोशेली “थर्कियो काठमान्डौ शहर”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।  गोरक्ष म्युजिक प्रा.लि को प्रस्तुतिमा शरद पाण्डेको शब्द तथा नरेश खातीको लयमा मेक्सम खाती र टोक कुमारी मगरको आवाजमा थर्कियो काठमाडौं शहर नामको तिज गित सार्वजनिक गरेका छन् ।सानै उमेर देखिनै गायन क्षेत्रमा लागेका मेक्सम खातीको आवाजमा दर्जनौं लोकदोहोरी तथा तिजका गित हरुपनी बिगतका बर्षमा बजारमा आइसकेका छन् । त्यस्तै नरेश खातीले पनी दर्जनौं गितीएल्बममा लय तथा शब्द सृजना गर्नुका साथै धेरै नै गितमा स्वर पनी दिईसकेका छन् भने यस बर्षको तिजमा पनी शरद पाण्डेको शब्द सृजनामा नरेश खातीले संगीत भर्नुको साथै मेक्सम खाती र टोक कुमारी मगरको आवाजमा उक्त “थर्कियो काठमाडौं शहर” बोलको गित बजारमा आएको हो ।सोही गितको भिडियो तर्फ अतिनै चर्चित निर्देशक तथा मोडल शंकर बि . सी र  पछिल्लो समयमा निक्कै सबैले मन पराउने मोडल अन्जली अधिकारीले अभिनय गरेका छन् भने उनै शंकर बि. सी ले निर्देशन गरेका हुन् । सोही भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने नबिन घर्ती मगरको सम्पादन रहनुको साथै कृष्ण फिल्मस् एण्ड एडभरटाइजिङ ले दृश्य निर्माण गरेको छ ।

                                                              भिडियो हेर्नुहोस 

https://www.youtube.com/watch?time_continue=263&v=6r0WaMgNgAY

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend