साझा नेटवर्क
अनिल खत्री ,गुल्मी असार २६ ।
तिज पर्वलाई मध्यनजर राखेर गायिका शिलु भट्टराईले नयाँ कोसेली सार्बजनिक गरेकी छन्। तिजगितबाटै संगित क्षेत्रमा चर्चा कमाउन सफल गायिका भट्टराईले यसवर्षको लागी ‘बालुमै’ बोलको गित सार्बजनिक गरेकी छन्।
तिज गितमा लय शब्द हराई रहेका बेला यसवर्ष भने अधिकांश कलाकारहरुले पुराना भाकालाई नयाँ रुप नयाँ स्वर दिँदै सार्बजनिक गर्ने गरेका छन्। गायिका भट्टराईले पनि तिज पर्वमा गाइने बास्ताबिक गितलाई आफनो गितमा उत्तार्ने प्रयास गरेकी छन्। तिज पर्वमा मुख्य गरि दुई पक्षलाई मध्य नजर राखेर गाइने गरिन्थ्यो ।
पुरानो चलन अनुसार सासु बुहारीले दुख दिएका, माइत जान नपाएका, तिजा लगाउने लत्ता कपडाहरुको बारेमा जस्ता कथा बस्तुमा गित गितमा बेदना पोख्ने प्रचल रहेको थियो । पछिल्लो समय भने फरक फरक तरिकाले गितहरु आउने गरे पनि यसवर्ष कलाकारले पुरानै शैलीलाई अपनाएर गित सृजना गर्ने गरेका छन् ।यस वर्षको तिज पर्वलाई भट्टराईले पनि आफनो कर्ममा नभएका कथा बस्तुमा सार्बजनि गरेकी छन्।
तिजपर्वमा लगाउने घुम्ने जस्ता कथा कस्तुमा गित तयार भएको उनको गित निकै मर्म स्पर्शी शब्दहरु रहेका छन् । गायिका शिलु र गितकार एबं गायक शिब हमालको स्वर रहेको गितमा हमालको शब्द र भगवती न्यौपानेको लय रहेको छ । निकै मौलकिताले भरिएको गित बिन्ध्यावासिनी म्युजिक प्रालिले बजारमा ल्याएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend