logo
  • शनिबार, असोज १० २०८३

शान्ति र संक्रमणकालिन न्याय विषयक अन्तरकृया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बागलुङ असार २५।
बागलुङको  कुश्मिशेरामा शान्ति र संक्रमणकालिन न्याय बिषयको  निर्वाचित  जनप्रतिनिधि र स्थानिय सरकार बिच बधाई तथा सम्मान कार्यक्रम भएको छ नेपालमै पहिलाे कार्यक्रम भएकाे र संस्थागत पुन संरचना गरि पिडितले न्याय नपाय सम्म दिगाे शान्ति नहुने  बक्ताहरुले बताए ।दिगाे शान्ति र बिकास हाम्राे हाम्राे सराेकार, भन्ने नाराकाे साथ, संक्रमणणकालिन न्याय र सराेकारवालाहरुकाे भुमिका बिषयको  एक दिवसिय गाेष्ठि तथा सम्मान समाराेहमा उक्त कुरा बताएका हुन ।

सत्कर्म नेपालकाे मुल अायाेजना र अामा मिलन केन्द्र, द्दन्दपिडित अधिकार समाजकाे साझेदारिता, जिससकाे सहयाेगमा सम्पन्न कार्यक्रम जैमिनि नगरपालिकाकाे द्दन्दपिडितहरु नगरका जननिर्वाचित प्रतिनिधिहरु, राजनितिक दल, नागरिक समाज प्रतिनिधिहरु संग याे नविन बिषय प्रबेश गरिएकाे थियाे ।

कार्यक्रमकाे अवधारणा पेश गर्दै सत्कर्म  नेपालका कार्यकारी निर्देशक एबम सामाजिक अभियन्ता सिताराम थापाले संक्रमणकालिन न्याय लिग हरायकाे रेल जस्ताे भयकाेले दिगो शान्ति अलमलियकाे र राज्यले मात्र सम्बाेधन गर्न नसकेकाले स्थानिय सरकारकाे भुमिका हुनु पर्ने बताए।

राज्यले न्याय सम्पादन नगरि द्दन्दपिडितहरुलाई् गलाउदै लगेकाे, द्दन्दरत पक्ष दुबै शक्तिशालि भयकाेले पनि पिडितकाे मुद्दा सम्बाेधन नहुदा स्थानिय सरकारकाे भुमिका भयमा स्थानिय तहकाे प्रयास र अायाेगले समेत प्रभाबकारि भुमिका निर्वाह गरि संस्थागत सुधारमा मद्त पुग्ने बताएका थिए ।

प्रमुख अतिथिकाे अासनबाट बाेल्दै, जैमिनि नगरपालिकाकाे नगर प्रमुख ईन्द्रराज शर्माले शान्ति र न्याय प्रकृया बारे धैरै थाहा पाउन अावश्यक रहेकाे र यस्ताे कार्यक्रम महत्वपुर्ण भएकाे बताउदै स्थानिय निकायकाे भुमिकामां गंभिर भयर लागि पर्ने बताउनु भयाे।

बिशिष्ट अतिथि उप प्रमुख लिला रानाले यस्ताे महत्वुर्ण कार्यक्रमकाे लागि बृहत् कार्यक्रम हुनुपर्ने र शान्ति प्रकृयामां अाफु पनि समाहित भई स्थानय निकाले सबै किसिमकाे भुमिका सुनिश्चित गर्ने बताए । नगर कार्यकारी अधिकृत,बिष्णु राज  सुबेदिले द्दन्दरत दुबै पक्ष्यलाई मल्हम लगाउने गरि सम्बाेधन र सहकार्य गरि भुमिका खाेजि गर्दै समाधान गर्ने बताय ।

कार्यक्रममा जननिर्वाचित पर्तिनिधिहरुलाई सम्मान दाेसल्ला, खादा र अबिर लगाई अभियन्ता सिताराम थापा र मिना थापा मगरले सम्मान गर्नु भयकाे थियाे।

द्दन्दपिडितहरु खुमा क्षेत्रि, सुर्यचन्द्र कंडेल, उमाकान्त शर्मा, भक्त बहादुर बहिक र डिल्लि प्रसाद शर्माले सत्कर्म नेपालले सहयाेग गरेकाे र भाबि दिनमां स्थानिय निकाय बिच सहकार्य गरि नयाँ  तरिकाले सम्बनेधन गर्न अनुराेध गरेका थिए।

यसैगरि राप्रपाका चेत बहादुर थापा, एकिकृत माअाेबादिका साेभा प्रसाद शर्मा, नेपाली काङ्ग्रेसका रबि शर्मा उपभाेक्ता मञ्च तथा बिध्यालय ब्यवस्थापनका अध्यक्ष तिलक थापा मगर लगायतले स्थानिय सरकार बाे भुमिका मांथि अाफ्नाे धारणा र सुझाप राखेका थिए ।

सत्कर्म नेपालका निर्देशक सिताराम थापाकाे अध्यक्षता, द्दन्दपिडित समाजकाे ईलाका अध्यक्ष डिल्लि शर्माकाे स्वागत र संचालन सत्कर्म नेपालका कार्यक्रम  अधिकृत श्री कृष्ण पाैडेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend