logo
  • शुक्रबार, असोज ९ २०८३

NRNA स्पेनमा अधिकारीले सचीव पदका लागि दिएको उम्मेद्वारी चर्चामा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, असार २४।
बिगत केहि बर्षदेखि स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका तारानाथ अधिकारीले २०१७-२०१९ कार्यकालको लागि एन. आर.एन.ए.एन.सी.सी. स्पेनमा आफ्नो सचिव पदको लागि दावेदारी दर्ता गराएका छन ।

बिगत १ दशकदेखि कतारलाइ आफ्नो कर्मथलो बनाउदै बिभिन्न संघ सस्थाहरुमा आवद्ध रही समाज सेवामा तल्लिन अधिकारी १ बर्ष अगाडी मात्रै स्पेनको बार्सिलोनामा आएका हुन । अधिकारिले स्पेन बसाईको छोटो समयमै दिएको सचिव पदको उम्मेदवारीले यतिबेला बार्सिलोनाको गर्मिलाई अझ उत्कर्समा पुराएको छ ।

लामो समयदेखि स्पेनमा बसोबास गर्दै आएका केहि मित्रहरु उनको उम्मेदवारी देखि रुस्ट रहेको उनि स्वीकार्दै समाज सेवाको मुल्यांकन समाजले गर्ने हो कुनै रुस्ट व्यक्तीले गर्ने हैन उनले थपे । तथापि उनले बाजी मार्नेमा उनि विस्वस्त रहेको जानकारी गराए ।

लामो समयदेखि बिभिन्न खाडी मुलुकहरुमा कम्रप्युटर इन्जिनिएर पदमा बसी काम गर्दै आएका अधिकारीले खाडीका समस्याहरुका मुद्धालाइ पनि लिएर गरेको बिभिन्न कालखण्डको बहसले उनि यूरोप बसाई सर्दैगर्दा अब मुर्त रुप पाउने सम्भावना बढेर गएको छ ।

विशेष दोहोरो नागरिकताको मुद्धालाई नेपाल सरकारसम्म पुर्याउन कै निम्ति खाडी राष्ट्रहरुमा पसिना बगाउदै आएका हाम्रा नेपाली दाजु-भाइहरुलाइ एन.आर.एन.को बिल्ला भिराएर प्रयोग गरियो । आज खाडी राष्ट्रहरुका समस्यालाई त्यति गम्भीर भएर नहेरीएको उनको भनाइ थियो र चिन्ता पनि व्यक्त गरे ।

अधिकारी निडर र प्रस्ट वक्ता भयकोले एन.आर.एन.स्पेनमा पनि सहजै निर्वाचन जित्नेमा उनका खाडी मुलुक लगायत अन्य राष्ट्रमा बसोबास गर्दै आएका सहकर्मी तथा मित्रहरु बताउछन ।

सधै जसो एन. आर. एन. ए. राजनीतिक खिचातानीमै केन्द्रित भयो भनेर बिवादमा तानिदै गर्दा, अधिकारीको प्रमुख एजेन्डा नै कसरि एन.आर. एन.लाई राजनीतिक खिचातानीबाट मुक्त पार्न सकिन्छ भन्ने रहेको उनि बताउछन ।

त्यस्का लागि सम्पूर्ण प्रवासलाई आफ्नो कर्मभुमि बनाउदै आएका युवा साथिहरुलई एन आर एनमा आबद्ध भइ आफ्नै हितमा मत जाहेर गर्न प्रेरणा दिन्छन । अब विकल्प खोज्दै सामाजिक संजालहरुमा नकारात्मक प्रतिक्रिया दिनी हैन आफै विकल्प बन्ने हो उनले थपे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend