साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी,असार २४ ।
रुरु गाउँपालिका ४ को बलेटक्सार थामीडाँडामा ट्रक दुर्घटना हुँदा पांच जना घाइते भएका छन् ।
बालुवा बोकेर रिडीबाट तम्घास तर्फ आउादै गरेको लु २ ख १८८ नम्बरको ट्रक सडकबाट एक सय ४० मिटर तल खसेको छ । दुर्घटनामा ट्रक चालक गुल्मी दरवार गाउँपालिका ३ का रण बहादुर ढेंगा, छत्रकोट गाउँपालिका ५ का लक्ष्मी श्रेष्ठ गम्भिर घाइते भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका प्रहरी सहायक निरिक्षक नारायण खनाल बताए ।
त्यस्तै अर्घाखाँची छत्रदेव गाउँपालिका ६ का दिलमान श्रेष्ठ, गुल्मी छत्रकोट गाउँपालिका ५ का बिमला श्रेष्ठ र सोहि ठाउाका तेज कुमारी श्रेष्ठ घाइते भएको खनालले बताए । घाइते सवैको युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचार भैरहेको छ । ट्रक स्टेरिङ्ग फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend