logo
  • शुक्रबार, असोज ९ २०८३

इस्मा गा.पा.का जनप्रतिनिधीद्धारा पदभार ग्रहण : पहिलो निर्णय सुत्केरी भत्ता थप


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल,गुल्मी असार २४।
नयाँ इस्मा गाउँपालिकाका प्रमुख/उपप्रमुख सहितका सवै जनप्रतिनिधीहरुले पदभार ग्रहण गरेका छन् । गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उपप्रमुख बिमला केशीले इस्मा गाउँपालिकाको कार्यालयमा पदभार ग्रहण गरेका छन् । शुक्रबार प्रमुख/उपप्रमुख सहित बसेको गाउँपालिकाको बैठकले सुत्केरी महिलालाई भत्ता थप्ने निर्णय गरेको छ ।गाउँपालिकाकाले सुत्केरी महिलाहरुको भत्ता एक हजार बढाएको छ । अव उनीहरुले सुत्केरी भत्ता वापत दुई हजार बुझने भएका छन् । यस अघि सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत एक हजार र नियमित चेक जाँच गराएमा चार सय गरी एक हजार चार सय दिदै आएको थयो । यो एक महिलादुई सन्तान अथवा दुई पटक सुत्केरी हुादा सम्म लागु हुने छ । त्यस्तै वैठकले गाउापालिकाका सडक संजाल बाहै्र महिना संचालनमा ल्याउने निणर्य गरेको गाउपालिकाका कार्यकारी निर्देशक सरोज पोख्रेलले बताए । त्यसको लागी सडकहरुमा लेन्थ वर्करको व्यावस्था मिलाइने पोख्रेलले बताए।साथै बर्खाको समय भएकाले वडा कार्यालयबाट बिपत व्यावस्थापनका सामग्री तयार गर्ने र संभावित जोखिमबाट बच्न जनचेतना फैलाउने निर्णय बैठकले गरेको छ । त्यस्तै वैठकले इस्मा गाउँपालिकाको चुनावलाई स्वच्छ,निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण राजनैतिक दल, निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिकाको कार्यालय,सुरक्षा निकाय,पत्रकार,स्थानीय सरोकारवाला,सामाजिक संघसंस्थालाई धन्यबाद दिने निर्णय गरेको छ । बिष्टको ‘समृद्ध र नमुना गाउपालिकाकाको सपना’ इस्मा गाउँपालिकाको प्रमुखको पदभार ग्रहण गर्दै समृद्ध र नमुना इस्मा गाउँपालिका बनाउने आफ्नो सपना रहेको बताए । त्यसका लागि बिष्टले एक घर एक धारा, स्वच्छ खानेपानी, प्रत्येक बस्तिमा सडक सञ्जाल, कृषीमा आधुनिकीकरण गरि युवा स्वरोजगार, सबै खाले अपाङ्गलाई राहतका कार्यक्रम, बृद्व बृद्धालाई सम्मान, सुत्केरी महिलाहरुको लागी सुत्केरी खर्च बढाउने, हरेक लक्षित समुदायलाई केन्द्रित गरि कार्यक्रम संचालन गर्ने योजना रहेको बताए । त्यस्तै मौलिक लोक संस्कृतीको संरक्षण, गुरुंग तथा मगर संस्कृतिको संरक्षण तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार र संरक्षण, ऐतिहासिक स्थलहरुको संरक्षण लगाएका बिषयवस्तुहरुलाई आफ्नो पाँच  बर्षे कार्यकालका एजेण्डाको बनाएका छन् । विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि,यातायात, बेरोजगारी, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा धेरै समस्याहरुको समाधान र सरकारी कामकाजलाई जनमुखी बनाउने योजना रहेको उनले बताए । खरो र स्पष्ट  : बिष्ट इस्मा गाउपालिकाको प्रमुख बनेका लक्ष्मण बिष्ट खरो स्वभाव भएका स्पष्ट वक्ता हुन् । बिष्टले राजनितीकै लागि सरकारी जागिर छोडेका थिए ।

एमालेको तर्फबाट इस्मा गाउँपालिकाको प्रमुखको उमेद्वारमा सिफारिस

भएका बिष्टले नेपाली कांग्रेसका चन्द्र बहादुर महतलाई पराजित गरेका थिए । २००९ सालमा जन्मेका बिष्ट २०२६ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा होमिएका थिए । उनी निरंकुश पंचायती व्यबस्थाको बिरुद्धमा हुने सबै खाले राजनीतिक परिवर्तनका आन्दोलनमा सक्रिय सहभागी हुने कर्मठ राजनैतिक नेता हुन् । उनले २०३५ साल देखि एमालेको भातृ संगठन पारा मेडिकल एसोसिएशन अर्थात स्वास्थ्य प्राबिधिक संघको जिल्ला कमिटि सदस्य भई काम गरेका थिए ।

२०३५ सालमा परिवार नियोजनमा अस्थाई जागिरमा नियुक्त भएका बिष्ट २०४६ सालमा स्थाई भए । त्यस्तै २०४९ मा उनले पारा मेडिकलको जिल्ला अध्यक्षको रुपमा काम गरे । २०५० सालको कर्मचारी आन्दोलनमा उनले जिल्लामा अग्रणी भूमिका निर्वाह गरेका थिए । जसका कारण उनलाई राज्य सरकारले जागिरबाट निलम्वन गरेको थियो । २०५१ सालमा उनको जागिरमा पुनर्वहाली भयो ।

त्यसको तिन वर्षपछि पार्टीको आदेश र दोहोली गाविसको चाहना अनुसार पेन्सन नहुादै स्थाई जागिर बिष्टले छोडे । र पार्टीको पूर्णकालीन कार्यकर्ता भई सामाजिक काममा लागेका थिए । २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका बिष्ट २०४७ सालमै गाउँ कमिटि सचिव भए । लगत्तै इलाका कमिटि सदस्य, उप सचिव हुादै सचिव भएर काम गरेका थिए । त्यस्तै २०४९ सालमा पार्टीको जिल्ला कमिटि सदस्य भएका उनी अहिले जिल्ला कमिटि सचिवालय सदस्य हुन् ।

गाउँमा राजनिती मार्फत समाज सेवामा सक्रिय बिष्टलाई तत्कालिन बिद्रोही पक्षक नेकपा माओवादीले ०६३ सालमा अपहरण समेत गरेको थियो । लामो समय अपहरणमा परेका उनले शारिरीक तथा मानसिक समस्या समेत झेलेका थिए । गाउँको विकास र समृद्धीकै लागि लड्ने मान्छेको अपहरुणलाई उनले सहजै लिएका थिए । गाउँपालिका प्रमुख बिष्ट गाउका थुप्रै सामाजिक संघ संस्थाको जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend