साझा नेटवर्क
प्रेम सुनार, गुल्मी असार २२।
गुल्मीका एक युवाले वडा सदस्यमा विजयी भए पछि बैदेशिक रोजगारमा जाने अन्तिम तयारी रद्द गरेका छन् ।
गत एक वर्ष देखि कुक भिसामा जापान जाने धौडधुप र झण्डै तिन लाख रुपैयाँ खर्च गरी सकेका रेसुङ्गा नगरपालिका वडा नम्वर–८ का ३० वर्षिय नविन श्रेष्ठले त्यस वडाको सदस्य पदमा विजयी भए पछि जापान जाने पहिल्लै देखिको सपना त्याग गरेका हुन् ।
जापान जाने तयारीका लागि बुटवलमा कुक तालिम गरी सकेका र भिसा कुरेर बसेका श्रेष्ठलाई एक्कासी नेपाली कांग्रेसले खुल्ला सदस्यको उमेदवार बन्न आग्रह गरे पछि नकार्न नसकेको श्रेष्ठले बताए ।
पार्टीले अवसर दिए पछि उठौन त , जिते बसौंला नजिते जाउँला भनेर चुनाव लडियो, श्रेष्ठले भने–‘जनताले जिताई सकेपछि अपमान गर्ने कुरै भएन, त्यसैले जापान जाने तयारी रद्द गरेको हुँ ।
उनि त्यस वडा नम्वर ८ मा खुल्ला सदस्यका लागि नेकपा एमालेका उमेदवार महेश काउछा संग प्रतिष्पर्धी थिए । काउछाले ३९४ मत ल्याएका थिए भने श्रेष्ठले ४०९ मल ल्याएर विजयी भएका हुन् ।
उनि रेसुङ्गा सामुदायिक प्रहरी, रेसुङ्गा सरफाई तथा फोहर व्यवस्थापन समितिमा आबद्ध छन भने अनटेष्ट युवा क्लवको निर्वतमान अध्यक्ष रहँदा रहँदै जापान जाने अन्तिम तयारी गर्दै थिए ।
उनले आफुलाई जिताएर विदेश जानबाट रोक्ने वडावासीलाई धन्यबाद समेत दिए ।केहि गाउँपालिकाहरुमा बुझ्दा श्रेष्ठ जस्तै ७ जना युवा विदेश जाने अन्तिम तयारी गरेको बेला यसपालिका निर्वाचनले विदेशजानबाट रोकेको पाईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend