साझा नेटवर्क
कुमार “अविरल” पन्थी ।
हिन्दु महिलाहरुको महान पर्व तिज पर्व आउन झण्डै २ महिना बाकी रहदा कलाकार तथा गितकारहरुलाई भने तिज पर्वले छोएको छ । कालकारहरुलाई गित रेकर्ड सगै म्युजिक भिडियो बनाउनमा व्यस्त रहेका छन ।
यतिबेला कलाकारहरुले तिज पर्वलाई मध्यनजर गर्दै गित निकाल्ने गरेका छन् । तिज पर्वमा गाईने गितहरु सबै जसो कलाकारले मौलिकतालाई नछोई फरक फरक किसिमका गितहरु निकाल्ने गरेको पाईन्छ ।
यस वर्षको तिज पर्वलाई मध्यनजर गर्दै गायिका कल्पना कुसुकको मौलिक भाकामा सजिएको तेश्रो तिजको कोशेली “रानी चरी बगाल” नामक तिज गित बजारमा आएको छ ।
पुष्पाञ्जली म्युजिक प्रालिको प्रस्तुतीमा वरिष्ठ गायिका हरिदेवी कोइरालाद्वारा स्वरबद्ध बहुचर्चित तिज गित पुनः रेकर्ड गरी कुसुमले बजारमा ल्याएकी हुन् ।
तिज पर्वमा गाइने वास्तविक भाकालाई उक्त गितमा समावेश गरिएको छ । नेपालको पश्चिम क्षेत्रमा प्रचलित नारीहरुले गाउने यथार्थ भाकालाई सोहि गितमा पाउन सकिन्छ । गितले नारी वेदना नारीको यथार्थ भावलाई चित्रण गरेको छ ।
गितकार बैकुण्ठ महतको लय, महत र नारायण सापकोटाको शब्द रहेको गितमा गायिका कुसुमको सुमधुर स्वर रहेको छ । दिनेश राई वान्तवाको छायाँकन,बिष्णु शर्माको सम्पादन रहेको भिडियो निर्देशन तथा अभिनय पवित्रा आचार्यले गरेकी छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend