logo
  • शुक्रबार, असोज ९ २०८३

प्यूठान नगरपालिकामा माओवादी केन्द्र विजयी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

शशिधर भण्डारी, प्यूठान असार २०।
प्यूठानको मुटु मानिने प्यूठान नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । नगरपनलिकामा माओवादी केन्द्रको तर्फबाट माओवादी केन्द्रका उमेद्वार अर्जुन कुमार कक्षपति बिजयी भएका छन् ।

प्यूठान नगरपालिकामा माओवादी केन्द्रबाट विजयी भएका छन् भने उपमेयरमा एमालेकी शान्ता आचार्य विजयी भएकी हुन् । माओवादी केन्द्र–राष्ट्रिय जनमोर्चा गठबन्धनबाट उमेद्वारी दिएका कक्षपतिले ५३१४ ल्याए भने उनका निकटतम प्रतिद्धन्दी एमालेका तुल्सीराम शर्माले ४३२३ मत लिएका ।

उपप्रमुखका उमेद्वार शान्ता आचार्यले ५०९७ मत पाइन भने उनका प्रतिद्धन्दी नेपाली काङ्ग्रेस कि भगवती बिष्टले ३४१४ मत पाइन ।

प्यूठान नगरपालिकाको १ र ७ वडा काँग्रेस, २, ३, ४, ५, १० वडामा एमाले, ८ वडामा माओवादी केन्द्र र १० नं वडामा राजमोका वडा अध्यक्ष विजयी भए भने ६ नं वडाका अध्यक्षमा नेपाली काङ्ग्रेस र माअाेवादी केन्द्रकाे वरावर मत अाएपछि गाेला प्रथाबाट चुनिने निर्वाचन अधिकृत नारायण प्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend