साझा नेटवर्क
काठमाडौ असार २०।
काठमाडौंबाट धनगढी तर्फ तीव्रगतिमा जादै गरेको ना ६ ख २४६८ नम्बरको यात्रुबाहक बस पृथ्वी राजमार्गको चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा.न.३ चुम्लिङ्टारस्थित मंगलबार बिहान दुर्घटना हुदा घाइते भएका सातमध्ये तीनजनाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार, घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ।
उपचारका लागि गजुरी अस्पताल लैजाँदै गर्दा कैलाली घर भएका ३२ वर्षीय थारु र निजकी छोरीको बाटोमै मृत्यु भएको र चालक रानामगरको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।
तनहुँको आँबुखैरेनीस्थित छिम्केस्वरी अस्पतालमा पठाएका पाँचजना घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको थियो । तीमध्ये मृतक थारुकी श्रीमती गम्भीर घाइते रहेको थापाले बताए ।घाइते अन्य तीनजनाको अवस्था भने सामान्य रहेको बताए । बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend