logo
  • शुक्रबार, असोज ९ २०८३

इस्मा गाउँपालिकामा एमालेको विजय उत्सव (फोटो फिचर)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी असार १९ ।
गुल्मीको इस्मा गाउँपालिका नेकपा एमालेले जितेको छ । नेकपा एमालेको तर्फबाट गाउँपालिका प्रमुखमा उमेदवार लक्ष्मण बिष्टले एक हजार ४५ मत अन्तरले बिजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका गाउँपालिका प्रमुखका उमेदवार चन्द्र बहादुर महतलाई अत्यधिक बहुमतका साथ पराजित गरेका छन् । बिष्टले पाँच हजार ४५ र महतले चार हजार मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेकै तर्फबाट उपप्रमुख पदको उमेदवार बिमला केशीले १२ सय आठ मतअन्तरले कांग्रेसकी गिता घिमिरेलाई पराजित गरिन् । केशीको चार हजार नौ सय २६ र घिमिरेको तीन हजार सात सय १८ मत रहेको छ । त्यस्तै इस्मा गाउँपालिका १ बाहेक सवै पाँच वटै वडापनि एमालेले प्यानलनै जितेको छ ।

गाउँपालिकाका वडा नं १ मा कांग्रेसका चुरा बहादुर खत्री, २ मा एमालेका टिका रेश्मी, ३ मा एमालेका तोयनाथ सापकोटा, ४ मा एमालेका गनुप्रसाद अधिकारी, ५ मा एमालेका कलानिधी भण्डारी र ६ मा एमालेकै हिरा जिसी बिजयी भएको निर्वाचन अधिकृत हरिलाल अर्यालले बताए ।

को हुन इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट

नेकपा एमालेको तर्फबाट इस्मा गाउँपालिका प्रमुख बनेका लक्ष्मण पार्टीका स्पष्ट बक्ता हुन् । राजनितीकै लागि सरकारी जागिर समेत लात हान्ने बिष्ट खरो स्वभाव व्यक्ति हुन् । उनलाई एमालेले गाउँपालिकाको उम्मेदवारमा सिफारिस गरेको छ ।

२००९ सालमा जन्मेका लक्ष्मण बिष्ट २०२६ सालदेखि नेपालि कम्युनिष्ट आन्दोलनमा होमिए । उनी निरंकुश पंचायती व्यबस्थाको बिरुद्धमा हुने सबै खाले राजनीतिक परिवर्तनका आन्दोलनमा सक्रिय सहभागी हुने कर्मठ राजनैतिक नेता हुन् ।

उनले २०३५ साल देखि एमालेको भातृ संगठन पारा मेडिकल एसोसिएशन स्वास्थ्य प्राबिधिक संघको जिल्ला कमिटि सदस्य भई काम गरे । उनले त्यस बेला स्वास्थ्य शिविर राख्ने, रक्तदान कार्यक्रम संचालन गर्ने लगायतका सामाजिक कामहरु गरे ।

जनताका निम्ती जागिर त्यागे

२०३५ सालमा परिवार नियोजनमा अस्थाई जागिरमा नियुक्त भएका बिष्ट २०४६ सालमा स्थाई भए । त्यस्तै २०४९ मा उनले पारा मेडिकलको जिल्ला अध्यक्षको रुपमा काम गरे । २०५० सालको कर्मचारी आन्दोलनमा उनले जिल्लामा अग्रणी भूमिका निर्वाह गरे ।

जसका कारण उनलाई राज्य सरकारले जागिरबाट निलम्वन गर्यो । २०५१ सालमा उनको जागिरमा पुनर्वहाली भयो । त्यसको तिन वर्ष पछि पार्टीको आदेश र दोहोली गाविसको चाहना अनुसार पेन्सन नहुँदै स्थाई जागिर छोडे । र पार्टीको पूर्णकालीन कार्यकर्ता भई सामाजिक काममा लागे ।

२०४७ सालमा पार्र्टीको संगठित सदस्यता प्राप्त गरेका बिष्ट २०४७ सालमै गाउँ कमिटि सचिव भए । लगत्तै इलाका कमिटि सदस्य, उप सचिव हुँदै सचिव भएर काम गरे । त्यस्तै २०४९ सालमा पार्टीको जिल्ला कमिटि सदस्य भएका थिए । उनी हाल जिल्ला कमिटि सचिवालय सदस्य हुन् ।

अपहरणमा समेत परे

गाउँमा राजनिती मार्फत समाज सेवामा सक्रिय बिष्टलाई तत्कालिन बिद्रोही पक्षक नेकपा माओवादीले ०६३ सालमा अपहरण समेत गरेको थियो । लामो समय अपहरणमा परेका उनले शारिरीक तथा मानसिक समस्या समेत झेलेका थिए ।

गाउँको विकास र समृद्धीकै लागि लड्ने मान्छेको अपहरुणलाई उनले सहजै लिएका थिए । तर पनि राजनैतिक जीवनबाट उनी बिचलित भएनन् ।

सामाजिक जिम्मेवारी

लामो समय राजनीतिमा रहेर काम गरेका बिष्टले गाउँको विकासको निम्ति विभिन्न समितिमा रहेर विकास निर्माणका काम गरेका छन् । उनले त्यस क्षेत्रको ऐतिहासिक इश्माकोट पुजा ब्यावस्थापन समिति अध्यक्ष, सुन्तलादेवी निमावि ब्यबस्थापन समिति अध्यक्ष, रामराज्य माविको लामो समय ब्यबस्थापन समितिको सदस्य रहेर काम गरे ।

बिष्ट नयाँ पोखरा निस्ती घोडेटो बाटो समिति अध्यक्ष हुन । निस्ती इस्मा खानेपानी उपभोक्ता समिति कार्यबहाक अध्यक्ष साथै गौंडाभीर सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष पनि हुन् ।

त्यस्तै स्थानिय स्वास्थ्य चौकी ब्यबस्थापन समिति सदस्य लगायत धेरै संघ संस्थामा रहेर काम गरेका छन् । त्यसैले पनि इस्मा क्षेत्रमा लामो समयसम्म समाजसेवा गरेका उनी अनुभवी, विकास प्रेमी, इमान्दार र शाहसी नेताका रुपमा परिचित छन् ।

समृद्ध र नमुना गाउँपालिकाकाको सपना

नेकपा एमालेका तर्फबाट इस्मा गाउँपालिका प्रमुखका उमेद्वार बिष्टले एक घर एक धारा, स्वच्छ खानेपानी, सबै खाले अपाङ्गलाई राहतका कार्यक्रमलाई आफ्नो सपना बनाएका छन् ।

बृद्ध बृद्धालाई सम्मान, सुत्केरी महिलाहरुको लागी सुत्केरी खर्च, हरेक लक्षित समुदाय केन्द्रित कार्यक्रम, प्रत्येक बस्तिमा सडक सञ्जाल, कृषीमा आधुनिकीकरण गरि युवा स्वरोजगार लगायतका कार्यक्रमलाई भोलीको जिम्मेवारी बनाएका छन् ।

साथै मौलिक लोक संस्कृतीको बिकास, गुरुंग तथा मगर संस्कृतिको संरक्षण तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरि आर्थिक उपार्जन, ऐतिहासिक स्थलहरुको संरक्षण लगाएका बिषयवस्तुहरुलाई आफ्नो एजेण्डाको रुपमा प्रस्तुत गरेका छन् ।

विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, यातायात, बेरोजगारी, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा धेरै समस्याहरुको समाधान साथै सरकारी कामकाजलाई जनमुखी बनाउने योजना रहेको उनले बताए ।


हेरौ विजयी उत्सवका केहि झलकहरु ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend