logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा दुई पार्टीको ईज्जत राखेका दुई उमेदवार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी असार १९ ।
गुल्मी जिल्लाको स्थानिय निर्वाचनमा यहाँका दुई राजनैतिक दलका उमेदवारहरुले आ–आफ्नो दलको ईज्जत बचाउन सफल भएका छन् ।

नेकपा माओवादी केन्द्रका भुपाल पोखरेलले धुर्कोट गाउँपालिका प्रमुखमा विजयी भएर सो पार्टीको ईज्जत राख्न सफल भएका छन् भने कालिगण्डकी गाउँपालिकामा उपप्रमुख पदमा विजयी भएर तारा थापाले राष्ट्रिय जनमोर्चाको ईज्जत बचाउन सफल भएकी हुन् ।

१० वर्षे जनयुद्धको सुरु देखि अन्तिम समय सम्म खटेका र शान्ति प्रकृया पछि गुल्मी जिल्ला पार्टीको सचिवालय भित्र रहेर विकास निर्माणमा सक्रिय देखाउँदै आएका धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरे सो पार्टीबाट गाउँपालिका प्रमुख जित्ने पहिलो उमेदवार हुन् ।

उनि सो पार्टीबाट लुम्विनी अञ्चलमै खाता खोल्ने पहिलो व्यक्ति हुन् । त्यस्तै नेकपा एमाले संग जिल्लाभर तालमेल गरे पनि राष्ट्रिय जनमोर्चाबाट कालिगण्डकीकी तारा थापा सवै भन्दा ठुलो पद उपप्रमुख जित्ने उनि सो पार्टीको पहिलो र एक मात्र महिला हुन् ।

जनमोर्चा संग तालमेल गरे पनि एमालेका टिकाराम ढकाल पराजित भएका छन् भने नेपाली कांग्रेसका वेद थापा मगर विजयी भएका छन् । थापाले ४२९८ मत प्राप्त गरी विजयी भएका हुन् ।

निकटतम प्रतिद्धन्द्धी ढकालले ३७७० मत ल्याएर पछाडी परेका थिए । उपप्रमुख तारा थापाले ३८५६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका ओमप्रसाद न्यौपानेले ३४११ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend