साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार १८ ।
गुल्मीमा २६ वर्षिय युवा वडा अध्यक्षमा निर्वाचित भएका छन् । मालिका गाउँपालिकाको वडा नम्बर ६ बाट निर्वाचित शोभाखर गिरीले कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेक गिरी अनेरास्वबियु गुल्मीका जिल्ला सहसंयोजक थिए । बिद्यार्थी कालबाटै राजनीतिमा होमिएका गिरी वडा अध्यक्षमा निर्वाचित भएपछी उनि गाउँगाउँमा गरिएका बिकासका प्रतिबद्धताहरु पुरा गर्न तर्फ लाग्ने बताए ।
सानै देखि राजनितिक यात्रामा दौडिएका गिरीलाई दिएको जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गर्न सक्ने क्षमतावान युवा मानिन्छन् । चुनाव जित्न धेरै बिकासका योजना सुनाए गिरीले भने ‘वडा अध्यक्षमा निर्वाचित भए सुन्दर बिकासका योजनाहरु पुरा गर्ने छु ।
निर्वाचित गिरी भन्छन् ‘यो स्थानिय चुनाव युवाको निम्ती सोडिम अबसर हो हामी नेतृत्वमा आउनु भनेको परिर्वतन ल्याउनु हो उनले भने ‘युवामा नयाँ जोस सगै नयाँ योजना हुन्छन् ति युवाले नै पुरागर्दछन् ।’उनले समाजमा परिर्वतन देख्ने गरि काम गर्ने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend